राम प्रसाद घिमिरे, बागलुङ २०७७ भदौ १४ । बागलुङ जिल्लाको बरेङ र काठेखोला गाउपालिकामा एक एक जना पुरुष गरी दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले जारी गरेको तेश्रो अध्यावधिक विवरण (साँझ ७.३५ बजे) अनुसार संक्रमित पुरुषहरुमा बरेङ ४ का १९ वर्षिय पुरुष र काठेखोला ६ का ४५ वर्षिय पुरुष रहेका छन् । दुबै संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङबाट पहिचान खुलेको हो ।
यसैवीच बुर्तिवाङबाट सहकर्मी छविलाल पाण्डेले सम्प्रेषण गरेको समाचार अनुसार आज विहान एक स्वास्थ्यकर्मी महिला र अर्को स्थानीय व्यापारी महिलामा कोरोन संक्रमण देखिएपछी आगामी भदौ २४ गते सम्मका लागी गाउपालिका लकडाउन गरिएको छ ।
एक स्वास्थ्यकर्मी र अर्की बोङगादोभानमा व्यवसाय गरी बस्दै आएकी महिलामा समेत कोरोना पोजेटिभ देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने भन्दै आगामि भाद्र २४ गते सम्मका लागि लकडाउनको अवधिमा व्यापार व्यवसाय, विभिन्न विद्यालयले सञ्चालन गरेको टोल शिक्षा कार्यक्रम लगाएतका गतिविधी बन्द गर्ने निर्णय गरीएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
दुई जनामा कोरोनो पोजेटिभ देखिएपछि उनिहरुलाई धौलागिरी अस्पतालको आइसोलशनमा पठाइएको र समुदायस्तरमा तत्काल कन्ट्रया ट्रेसिङ गरीने अध्यक्ष बुढाले बताए । गाउँपालिकाका दुई जनालाई कसरी कोरोना पोजेटिभ भयो भन्ने बिषय अन्यौल रहेको उनको भनाई छ । स्वास्थ्यकर्मी महिला क्वारेन्टाईनमा रहेकाहरुको उपचारमा रहेकी थिईन् । तर क्वारेन्टाईनमा बसेकाहरु कसैको पनि रिपोर्ट पोजेटिव आएको छैन ।