Sorry, that menu does not exist.
 

समाज रुपान्तरणमा पुस्तकालयको महत्वपूर्ण भुमिका-मन्त्री लम्साल

लक्ष्मण विश्वकर्मा, फलेवास २०७७ भदौ १६ । समाज रुपान्तरणका लागि, पुस्तकालय भन्ने नारासंगै पर्वतको फलेवासमा १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रेडियो परिसंवाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयको आयोजना, अहिंसावादी रेडियो पर्वतको सहकार्य र फलेवास नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

विगतका बर्षहरुमा औपचारिक रुपमा विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरि दिवास मनाइएको भए पनि यो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसको बढी जमघट नगरी विभिन्न व्यक्तिहरुसंग रेडियो परिसंवाद कार्यक्रमको आयोजना गरिएको पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेलले बताए ।

कार्यक्रम संघ प्रदेश र स्थानीय तहका बिशिस्ट व्यक्तिहरुसंग विशेष संवाद गरिएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले समाज रुपान्तरणका लागि पुस्तकालयको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै पुस्तकालयमा गएर अध्ययन गर्नाले मानिसको कला, ज्ञान, सीप र चेतनाको विकास हुने भएकाले सबैले पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने सल्लाह दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पुस्तकालयले समयको गतिसंगै पाठकहरुको रोजाइका पुस्तकहरु उपलब्ध गराउनुपर्ने बताउदै स्थानीय तहहरुले ऐन र कार्यविधि बनाएर पुस्तकालय संरक्षणमा चासो दिनुपर्ने बताईन ।

रेडियो परिसंवाद तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी ुभएका फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले मोती सामुदायिक पुस्तकालय शिक्षाको मन्दिर र फलेवास नगरपालिकाको गहनाको रुपमा रहेको बताउदै उक्त पुस्तकालयको विकास र संरक्षणमा नगरपालिकाले जोड दिएको बताउ । पर्वत लगायत फलेवास नगरपालिका शिक्षाको क्षेत्रमा विशिस्ट स्थानमा रहेको बताउदै पुस्तकालयको पनि अहम् भुमिका रहेको बताउनुभयो। उक्त विरासतलाई जोगाउन नगरपालिकाले पुस्तकालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेल, पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारी,जैमिनी नगरपालिका बाग्लुङ,प्रमुख इन्द्रराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्विमराज पौडेल, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल,फलेवास नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यले लगायतले समाज रुपान्तरणमा पुस्तकालयको अत्यन्त महत्त्व रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा पुर्व निर्वाचन आयुक्त, निलकण्ठ उप्रेती ,राष्ट्रिय योजना आयोग पुर्व उपाध्यक्ष, डा. पिताम्बर शर्मा, पुर्व शिक्षा सचिव बालानन्द पौडेल शर्मा, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय शाखा,उप(सचिव यादव चन्द्र निरौला ,सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश उप(सचिव, तोयानाथ लम्साल, प्राध्यापक पर्थिवेश्वर तिमिल्सिना, फलेवास ५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेल त्यस्तै नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष केशव आचार्य, नेपाल पुस्तकालय संघका प्रथम अध्यक्ष मुरारी विनोद पोख्रेल, रिड नेपाल अध्यक्ष, भोला कुमार श्रेष्ठ ,मोती सामुदायिक पुस्तकालय, फलेवास ५ खानीगाउँका संस्थापक अध्यक्ष, भोला शर्मा लम्साल, मोती पुस्तकालय खानीगाउँका अध्यक्ष कृष्णराज पौडेल, मोती पुस्तकालय विदेश विभाग निर्देशक, राजु शर्मा, रुम टु रिड कन्ट्री डाइरेक्टर पुष्कर श्रेष्ठ, कथालय पब्लिकेशन काठमाडौका सि.यो राजिवधर जोशी, डि.एफ आइ.डी परामर्श संस्था सदस्य सल्लाहकार डा. हिरामणी घिमिरे, डाक्टर कमल लम्साल, कृषि विज्ञ निलकण्ठ शर्मा, लाइब्रेरीयन इन्द्र सापकोटा, खुल्ला विश्व बिद्यालय अभियान्त डाक्टर प्रमोद ढकाल, नेपाल टि को मार्केटिङ डाइरेक्टर डिल्लीराज बास्कोटा, लेख तथा समाजसेवि हेम शर्मा पोख्रेल र हरिहर पोख्रेल त्रिभुवन विश्व बिद्यालयका सह प्राध्यापक सिता घिमिरे, अधिकृत शिव परियार लगायतले बोलेका थिए ।

त्यस्तै धौलागिरी साहित्य प्रतिस्ठान अध्यक्ष तथा साहित्यकार काजी रोशन, नेपाल प्रज्ञा प्रतिष्ठान पुर्व प्रज्ञासभा सदस्य तथा डा. डिल्लीरवण रेग्मी प्रतिष्ठान पुर्व सदस्य साहित्यकार प्रेम छोटा, भवानी बिद्यापिठ माबि खानीगाउँका प्रअ अर्जुन कुमार रेग्मी, शिक्षक गोविन्द सापकोटा, सुन्तलाचौर माबि दमेक बाग्लुङका प्रअ बिष्णु प्रसाद सापकोटा, सारदा माबि कुर्घाका शिक्षक आत्माराम शर्मा र पुस्तकालयमा १ बर्षमा ६१० ओटा पुस्तकहरु पढेर ५ औं राष्ट्रिय पुस्तकालय दिवसमा सम्मानित पाठक सागर लामिछाने लगायतले पुस्तकालयको महत्त्व वारेमा परिसंवाद कार्यक्रममा बोलेका थिए ।

महत्वपूर्ण समय उपलब्ध गराएर रेडियो परिसंवाद कार्यक्रममा सहभागी भएकोमा सम्पुर्ण वक्ताहरुलाई मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोला शर्मा लम्सालले धन्यवाद व्यक्त गर्दै पुस्तकालयले सधै समाज रुपान्तरणका लागि रचनात्मक कार्यहरु गरेको र आगामी दिनहरुमा पनि त्यस्ता कार्यहरूलाई निरन्तरता दिइरहने विश्वास दिलाए ।
सोही कार्यक्रममा पुस्तकालयमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै समाजसेवी रुद्र लम्साल,लाइब्रेरीयन इन्द्रराज सापकोटा, पुस्तकालयका पुर्व अध्यक्ष स्व बिष्णु शर्मा लम्सालको धर्मपत्नि देवि लम्साल र मोटरबाट चल्ने डोजर बनाएका सक्षम लम्साललाई सम्मान गरिएको थियो ।

उक्त रेडियो परिसंवाद कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्माले गरेका थिए ।

वि.स. २०१६ सालमा स्थापना भएको मोती सामुदायिक पुस्तकालयमा विभिन्न विधाका २० हजार भन्दा बढी पुस्तकहरु रहेका छन् ।

विसं १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा २०६५ सालदेखि हरेक वर्ष राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !