Sorry, that menu does not exist.
 

गण्डकी प्रदेशमा एकै दिन थपिए ३९ जना संक्रमित !

बागलुङ २०७७ भदौ १६ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखरा व्दारा प्रकाशित विज्ञप्ती अनुसार बागलुङ नगरपालिका १० का २५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेट्टिएको छ । यससंगै गण्डकी प्रदेशको लमजुङ जिल्लामा २६ जना, नवलपुर बसुपुमा १० जना र कास्कीमा २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । आज मात्रै थपिएका ३९ जना सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०५ पुगेको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत रहेका एक जना नेपाल पर्यटन बोर्ड, पोखराको पदाधिकारी हुन भने अर्का एकजना महिला होम आईसोलेसनमा छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एकजना, ग्लोबल आई।यम।ई। मा कार्यरत पाचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार हुन् । अन्य सबै संक्रमित व्यक्तिहरुको Contact Tracing बाट पहिचान भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments