Sorry, that menu does not exist.
 

प्रअ पौडेलको स्वास्थ्य सुधारोन्मुख, थप उपचारका लागी काठमाडौँ लैजाने तयारी !

छविलाल पाण्डे,बुर्तिवाङ २०७७ भदौ १७ । उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिवाङका प्रधानाध्यापक ईश्वरी प्रसाद पोडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ । हिँजो विद्यालयको काम पछी ६ बजेको समयमा घर फर्किनेक्रममा विद्यालयको गेटमा एक्कासी बेहोस भएर लडेपछी हिँजै साँझ एम्बुलेन्समा पोखरा चरक अस्पतालमा भर्ना गरी उपचार भैरहेको साथमा रहेका निसीभूजी जनता क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले ईबागलुङलाई जानकारी दिए ।

अर्यालका अनुसार पौडेलको अवस्था सुधारोन्मुख छ, चिकित्सकहरुले खतारामुक्त बताएका छन् पूर्णरुपमा होस आएको छैन । अहिले ४ बजे प्रअ पौडेललाई थप उपचारका लागी हेलिकप्टरमा काठमाडौ अन्नपूर्ण अस्पताल लैजाने तयारी भैरहेको अर्यालले जानकारी दिए ।

ईबागलुङ परिवार प्रअ पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

23 Comments