Sorry, that menu does not exist.
 

तमानका नारायण छन्त्यालका हत्याराहरु ११ वर्ष पछी पक्राउ !

म्याग्दी, २०७७ भदौ १७ । म्याग्दी जिल्लाको ओखरबोटको चिउरीबोटमा २०६६ साल फागुन ११ गते महाशिवरात्रिमा दार्जिङखोला युवा क्लव ओखरबोट म्याग्दीव्दारा आयोजित भलिबल खेलमा पराजीत भएपछी बागलुङ जिल्लाको साविक तमान गाविस वडा नं ८ का वर्ष २१ का नारायण छन्त्याललाई कर्तव्य गरी हत्या गरेको अभियोगमा म्याग्दी जिल्ला अदालतबाट जनहीँ २० वर्ष कैद जन्मकैदको फैसला भै फरार रहेका पाँच जनालाई हिँजो भदौ १६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको विशेष टोलीले पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत म्याग्दीबाट जनही २० बर्ष कैद ९जन्मकैद० को सजायँ भई फरार रहेका मालिका गा।पा।वडा नं।०४ का बर्ष २७ को दल प्रसाद पुन, बर्ष २९ को तिर्थेन्द्र घर्ती मगर, बर्ष ३३ को जीवन घर्ती मगर, बर्ष २६ को दुर्गा बहादुर घर्ती र बर्ष २८ को बलमान घर्तीलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटिएको बिशेष टोलीले कास्की जिल्लाको पोखराका विभिन्न स्थानहरुमा भिन्न भिन्न आवरणमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी भदौ १६ गते पक्राउ गरी जिल्ला अदालत म्याग्दीमा बुझाईएकोमा जिल्ला अदालतको आदेशले आज भदौ १७ गते कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीले फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनाको अवधिमा १९ जनालाई पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वयन गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments