छविलाल पाण्डे बुर्तिवाङ २०७७ भदौ १७ । बागलुङको पश्चिम क्षेत्रमा छुट्टाछुट्टै घटनामा परि तिन जनाको ज्यान गएको छ । बुधबार दिउँसो बडीगाड खोलाले बगाउँदा ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा एक बालकको ज्यान गएको छ ।
ढोरपाटन नगरपालिका ४ का प्रेमबहादुर सिर्पालीका १० बर्षिय छोरा दिलिप विकको वडीगाड खोलामा पौडी खेल्ने क्रममा बगेर ज्यान गएको हो । घरदेखि बुर्तिबाङ दिीिको घरमा बस्न आएका उनि साथीहरुसँग बडीगाड खोलामा पौडी खेल्न गएको अवस्थामा खोलाले वगाएको स्थानियले बताएका छन् ।
बालकको शव करिब दुई किलोमिटर तल खप्तरीबाङ स्थित खोला किनारमा स्थानियले फेला पारेका थिए ।
त्यसैगरी निसीखोला गाउँपालिका वडा नं.६ मा खोलाले वगाउँदा एक बालिका वेपत्ता भएकी छिन् । स्थानीय राजीब बुढाकी सात बर्षिय छोरी सञ्जिता बुढामगरलाई मँगलबार साँझ भल्कोट खोलाले बगाएको हो । खोला किनारमा खेल्दै गर्दा खोलाले बगाएको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
15 Comments