Sorry, that menu does not exist.
 

चन्द्रकान्त पौडेललाई को बाट छ, ज्यानको खतरा ?

बागलुङ २०७७ भदौ १७ । बागलुङ नगरपालिका ४ कुँडुलेका चन्द्रकान्त पौडेल स्वामी कमलनयनाचार्य र स्वामी ऋषि प्रपन्नाचार्यको घोर विरोधीको रुपमा मुखरित भएका छन् । उनले केहि वर्ष यता गुरुकुलमा विज्ञान विषय पढाउनु पर्ने र जातीय विभेद अन्त्य गर्री सबैले वेद पुराण पढन पाउनु पर्ने नारा चर्काउदै आएका छ्न् । यो कुरा स्वामीजीहरुलाई मन नपर्नाले कुँडुलेमा दोहोरी चलेको स्थानीयको भनाई छ ।

्यसैवीच भदौ १६ गते पौडेलले सुरक्षा गरिपउँ भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर निवेदन दिएर फर्कि नसक्दै केहि महिलाहरुको समुह जिल्ला प्रशासन कार्यालय पुगेर चन्द्रकान्त पौडेल बिरुद्ध निवेदन दिएपछी झगडा सतहमा आएको हो ।

स्वामी कमलनयनाचार्य र स्वामी ऋषि प्रपन्नाचार्य
पौडेलले भने, आफु माथी ज्यान मार्ने सम्मको धम्की आयो, सुरक्षाको लागी प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष निवेदन दिएको हुँ । अस्तिपनि स्थानीय महिलाहरु उठाएर मलाई भौतिक आक्रमणको प्रयास भएको थियो ।

प्रहरीको सहयोगले मात्र आफु बाँचेको पौडेलको भनाई छ । त्यस दिनको घटना सुनियोजित थियो पौडेलले भने, आफु निकटकाहरुलाई ऋषि प्रपन्नाचार्यले पहिलेनै सूचना दिएर जम्मा गराएका थिए । धन्न म बाँचे ।

मेरो हजूरबुबा श्रीधराचार्यले स्थापना गरेको श्री मुक्तिनाथ बेदविद्याश्रम सस्कृत माध्यमिक विद्यालयमा विज्ञान विषयको पढाई सन्चालन हुनु पर्ने र दलित जातिले पनि बेदहरु पढ्न पाउनु पर्ने मेरो मागलाई निस्तेज पार्न यो प्रपन्च रचिएको पौडेलको आरोप छ । ज्यान जाला तर गुरुकुलमा दलितहरुलाई पढ्न दिईन्न भन्न पाईन्छ ? उनको प्रश्न थियो ।
ईबागलुङसंगको कुराकानीमा पौडेलले भने, कहिले हिमालय बाबा, कहिले मुक्तिनाथ पीठाधिश्वर कहिले १००८ स्वामी भन्ने पद कस्ले दियो ? आफु खुसी नभएको विशेषण लेख्न पाईन्छ ? गीता पढनुस श्री कृष्ण भगवानको नामको अगाडी मात्र श्री लेखिन्छ, अरु कुनै पात्रको नाम अगाडी श्री लेखिएको छैन ।

मेरो बुबा गोविन्द पौडेल र मेरो बोलचाल बन्द छ, बुबा उनिहरु तिर हुुनुहुन्छ, के बुबा उनिहरुसंग हुुुनुहुन्छ भनेर गुरुकुलमा विज्ञान विषय पढ्न हुन्न दलितहरुले बेद पुराण पढन हुन्न भनेर म हिँडौँ ? यो मबाट हुन सक्तैन ।

ऋषि प्रपन्नाचार्य र म सँगै पढेका हौँ, उनले बीचमा पढाई छोडेर यता तिर लागेका हुन्, पौडेलले भने ।

मदिरा सेवन गर्ने विद्यार्थीहरुलाई कुटपीट गर्ने तपाई माथी आरोप छ त भन्ने प्रश्नमा उनले यो झुठा निराधार आरोप भएको बताए ।

आज जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई बोलाएको होईन र ? भन्ने हाम्रो प्रश्नमा पौडेलले भने, हो म गएको थिएँ, तर ऋषि प्रपन्नाचार्य नआएकाले केहि कुरा हुन पाएन । म भरखर घरमा फर्किएको छु । तनावमा छु…. ।

पौडेल स्थानीय धौलागिरी टेलिभिजन र धौलागिरी एफएममा धार्मिक कार्यक्रम सन्चालन गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments