बुर्तिवाङ २०७७ भदौ १८ । ढोर देउरालीबाट बगेको पहिरोले भूजीखोला किनारका बस्ती बगाएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुमार कुवरका अनुसार अबिरल वर्षा सँगै आएको भीषण बाढी पहिरोले ३० जना बेपत्ता भएका छन् भने ५० घर बगाएको छ ।
भूजीखोलाको बाढीले खोला किनारामा रहेका बस्ती बगायो, १२ जना सम्पर्कविहीन जनधनको ठुलो क्षेती !
सहकर्मी विमल खड्काले दिएको जानकारी अनुसार पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं। ९ र ८ मा आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् । यस्तै बाढिले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए । प्रहरी टोली र स्थानीय उद्धारमा जुटेको अवस्था छ ।
तस्वीर सौजन्य-दोर्ण कुवर ।
अपडेट: विहान ७.५० बजे
बुर्तिवाङबाट सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार बडीगाड गाउपालिकाका बालुवा, बुर्तिवाङ र सईखोला गरी ४ जनाको शव फेला परेको छ । सनाखत हुन बाँकी ।
अपडेट: विहान ८.२० बजे ।
घटनास्थलबाट सहकर्मी कुशल कुमारले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या ३६ पुगेको छ, उद्धारकार्य जारी छ । घटनास्थलबाट सहकर्मी कुशल कुमारले पठाएका तस्वीर
थप विवरणका लागी ईबागलुङ हेर्दै गर्नुहोला ।
21 Comments