Sorry, that menu does not exist.
 

भूजीखोलाको बाढी पहिरोमा परेका ११ जनाको शव फेला, २७ जना अझै बेपत्ता, ७५ घर बगायो ((तस्बीर)

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ १८ । अबिरल वर्षा सँगै ढोरको देउराली देखी भूजीखोलामा आएको बाढी पहिरोले पछिल्लो अपडेट अनुसार ढोरपाटन नगरपालिका ८ र ९ वडा साबिक बोवाङ गाविसको भूजीखोला किनारमा रहेका बस्तीहरुका ७५ घर बगाएको छ । मध्यरातिमा एक्कासी आएको भीषण बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको संख्या ३८ पुगेको छ भने हाल सम्म ११ जनाको शव फेला परेको छ ।

फेला परेको शव मध्य ढोरपाटन नगरपालिकाकी २६ वर्षिया केशमायाँ बिकको पहिचान भएको छ भने अन्यको सनाखत गर्ने कार्य भैरहेको छ । बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको शव बडीगाड गाउपालिका खर्वाङ सम्म पुराएको स्थानीयले बताएका छन् । बाढी पहिरोमा बेपत्ता हुनेमा गल्कोट नगरपालिकाका नवीन भण्डारी रहेको स्थानीयले जानकारी दिए । घाईतेहरुको उद्धारकार्य जारी छ ।

घटनाको निरीक्षण गर्न गएका गृहमन्त्री रामबहादुर थापा चढेको हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्किएको छ भने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहितको टोली घटनास्थल तर्फ गैरहेको छ ।

बेपत्ताहुनेहरुको नामावली

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

28 Comments