Sorry, that menu does not exist.
 

प्रतिकूल मौसमका कारण गृहमन्त्री थापा चढेको हेलिकप्टर बीचबाटै फर्कियो !

बागलुङ २०७७ भदौ १८ । ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ साविक बोवाङ गाविसमा गए राति अविरल वर्षासँगै भूजीखोलामा आएको भीषण बाढी र पहिरोमा परी १२ जनाको मृत्यु भएको र २६ जना अझै सम्पर्कविहीन रहेको घटना निरीक्षण एवं अवलोकन गर्न राहत सामाग्री सहित गएका गृहमन्त्री रामबहादुर थापा, प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसक्दा बीचबाटै फर्किएका छन । मन्त्री थापासंग बागलुङ क्षेत्र नं २ का संघीय सभासद देवेन्द्र पौडेल पनि साथै गएका थिए ।

आज विहान गृह मन्त्रीज्यू लगायत राहत सामाग्री सहितको उद्धारक टोली उक्त घट्नास्थलमा आउने प्रयत्न गर्दा गर्दै पनि खराब मौसमको कारण आउन नसकेकोमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौले क्षमा याचना गरेको छ ।

यसैवीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौले बागलुङ जिल्लामा विगत ९ वर्षयता बाढी पहिरोको घटनाबाट भएको क्षेतीको विवरण यस प्रकार रहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment