लक्ष्मण बिश्वकर्मा,फलेवास २०७७ भदौ १९ । फलेवास नगरपालिकामा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु भएको छ ।
गत बर्ष संचालन भएका योजनाहरुको प्रगति र आगामी कार्यदिशाका बरेमा छ्लफल गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना भएदेखि नै पाईपलाईनको रुपमा विकास निर्माणका कार्यहरू संचालन गरेको बताए ।
उनले बजेट कार्यान्वयनमा जोड दिदै नगरको गौरवका लागि दीर्घाकालीन दिगो विकासका कार्य संचालन गरेको बताए । निति, नियम, नियम र प्रक्रिया अनुसार सबै पक्षसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्य सम्पादनमा जोड दिएको शर्माको भनाई थियो ।
नगर उपप्रमुख मन्जु अधिकारीले नगरले उल्लेखनीय कार्यहरू संचालन गरेकोले नै देशभरकै उत्कृष्ट नगरपालिका भएको बताउदै नगरलाई विकास र समृद्धितर्फ लैजान सबैको साथ र सहयोगको आवश्यकता रहने बताईन ।
नगरपालिकाले सवै क्षेत्रलाई समेटेर सबै वडाहरुमा आवश्यकता र औचित्यका आधारमा कार्यक्रम संचालन गरिएको बताउदै उपप्रमुख अधिकारीले नगरपालिकाले जनतालाई लाभ हुने खालका जनचाहना अनुसारका कार्यमा जोड दिएको बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल कार्यक्रमको उद्देश्य तथा औचित्यको बरेमा प्रकाश पारेका थिए ।
पहिलो दिन नगरका ११ वटै वडाका सचिवहरुले वडामा संचालित कार्यहरूको प्रगति प्रस्तुत गरेका थिए ।
आज कार्यक्रममा नगरका शाखा प्रमुखहरुले शाखाबाट सम्पादित कार्यको बारेमा वार्षिक प्रगति प्रस्तुत गर्ने बताइएको छ ।
फलेवास नगरपालिका भित्र गत आ.व. २०७६र०७७मा प्रशासन, योजना, प्रधानमंत्री रोजÞगार कार्यक्रम,पूर्वाधार, पूननिर्माण (भूकम्प), कृषि विकास, पशु सेवा, राजश्व तथा शहकारी , शिक्षा, युवा तथा खेलकूद,स्वास्थ्य, महिलाबालवालिका तथा जेष्ठ नागरिक, न्यायीक, उद्योम विकास (उद्योग), पंजिकरण, ग्रिन फलेवास किल्न फलेवास अभियान र लेखा शाखा अन्तर्गत भएका कामको प्रगति र समिक्षा गरिने छ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत,नगर कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, वडा सचिव, विभिन्न शाखाका शाखा प्रमुख लगायतको उपस्थित रहेको थियो ।
नगरप्रमुख शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजालको स्वागत मन्तव्य र कार्यक्रमको संचालन योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गरेका थिए ।