छविलाल पाण्डे, बुर्तिबाङ २०७७ भदौ १९ । विहीबार बाढीले आफना परिवार गुमाएर शोकमा रहेका तथा घर पूर्ण रुपमा वगाएर खान बस्न समेत नपाउने अवस्थामा रहेका ढोरपाटनका पीडित परिवारलाई नेपाली काँग्रेसले सहयोग गरेको छ ।
स्थानिय सरकारले पिडितलाई राहात र उद्धारमा चासो नदिएको भन्दै स्थानियको विरोध भइरहेको अवस्थामा काठमाडौबाट प्रभुको हेलीमार्फत घटना स्थलमा आएका नेपाली काँग्रेसका नेता क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी जित शेचरन, अर्जुन शेरचन र तरुण दल जिल्ला कोषाध्यक्ष देवेन्द्र पौडेलको टोलीले पीडितलाई दुखको घडीमा शोकलाई शक्तिमा बद्ल्न आग्रह गर्दे मृतक प्रति शोक व्यक्त गर्दे घाईतेका शिघ्र स्वास्थ्य लाभको कामना सहित पीडित परिवारलाई राहात हस्तान्त्रण गरिएको हो ।
काठमाडौ देखिनै ४० थान त्रिपाल लिएका नेताहरुले बोबाङका ७५ घरपरिवारका लागि तत्कालको आवस्यकता परिपूर्ति गर्ने गरी एक एक बोरा चामल, दुई केजी दाल, एक प्याकेट तेल, नुन उपलब्ध गराउनुका साथै प्रति परिवार एक÷एक हजार रुपैयाँ नगद समेत उपलब्ध गराउने गरी वडा नं.८ का अध्यक्ष नन्दे सुनार र वडा नं.९ का अध्यक्ष हरिबहादुर घर्तिलाई नगद रकम हस्तान्त्रण गरीएको हो । साँझनै सवै पीडितलाई राहात पुर्याईदिन आग्रह गरिएको थियो ।
आफुहरु जनताको पिर मर्का सँगै सक्दो सहयोग गर्न र राहत एवम् उद्धारमा सबै जुट्नुपर्दछ भन्ने उदेश्यले तत्काल घटना स्थलमा आएको र चाँडै विभिन्न क्षेत्रबाट राहतका कार्यक्रम लिएर पीडितको माझमा आउने नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँरले बताए ।
त्यसैगरी बाढीले वगाएर वेपत्ता भएका नागरीकको यथाशक्य खोजी प्रभाबकारी बनाउन सम्बन्धित निकायलाई आफुहरुले आग्रह गरीएको अर्का नेता जित शेरचनले ईबागलुङलाई बताए । कार्यक्रममा नेपाली काँग्रेस नेता टेकराज पौडेलको समेत उपश्थिती रहेको थियो ।