असिम चन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७७ भदौ २३ । लेखानी समाज जापानव्दारा ढोरपाटनका बाढी पीडितलाई राहात हस्तान्त्रण गरेको छ । बागलुङ लेखानी देखि रोजगारीको सिलसिलामा जापानमा रहेका युवाहरुबाट सँकलीत रकमबाट पीडितहरुलाई १ लाख १७ हजार ३ सय ३७ रुपैयाँ मुल्य बराबरको राहात सामाग्री हस्तान्त्रण गरीएको हो ।
गत बुधबार ढोरपाटन नगरपालिका वडा नं.७,८ ९ मा आएको बाढीका कारण ज्यान गुमाएका तथा धनमालको क्षेति भएका परिवारका निम्ती राहात सँकलन र हस्तान्त्रण भरहेको छ । ढोरपाटन नगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका अवसरमा सँस्थाको तर्फदेखि हेमन्त क्षेत्री लगाएतको समुहद्धारा प्रेसर कुकर, सावुन, कोल्गेट, ब्रस, कराई, लगाएतका भाँडावर्तन नगरपालिका उपप्रमुख कर्मती पुनलाई हस्तान्त्रण गरीएको थियो ।