Sorry, that menu does not exist.
 

वक्तृत्वकला प्रतियोगिता सम्पन्न, बैकल्पिक बिधिबाट पठनपाठन गर्ने बिषयमा छ्लफल

लक्ष्मण विश्वकर्मा, पर्वत २०७७ भदौ २३ । पर्वतको फलेवास नगरपालिकामा ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेलले कोरोनाका कारण शिक्षा क्षेत्रमा पनि ठूलो असर परेको बताउदै शैक्षिकसत्र खेर जान नदिन र शिक्षामा क्षति नपुग्ने गरि सतर्कता अपनाएर बैकल्पिक बिधिबाट भएपनि पठनपाठनलाई अगाडि बढाउनुपर्ने बताए ।

राज्यले शिक्षामा गरेको लगानीको सदुपयोग गर्दै शिक्षकहरु आफ्नो पेसाप्रति जिम्मेवार बन्दै आफू दक्ष भएर बिद्यार्थीहरुलाई गुणस्तरीय र व्यबहारिक शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो । पाठ्यक्रमले तोकेको बिषयलाई कार्यनयन गर्दै बढी भन्दा बढी सन्दर्भ सामाग्रीको प्रयोग गरेर बिद्यार्थीलाई व्यबहारिक ज्ञान र सिपको विकास गराउनुपर्ने पौडेलले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिकाले विगतका बर्षहरुमा रचनात्मक कार्यहरु गरेर दिवस मनाएपनि यो बर्ष कोरोनाका कारण ठूलो कार्यक्रम गर्न नसकेपनि विद्यार्थीहरुको चेतनामा वृद्धि होस् भन्ने हेतुले समसामयिक बिषयमा वक्त्तित्वकलाको आयोजना गरिएको बताए ।

उनले नगरपालिकाले हरेक क्षेत्रमामा उत्कृष्ट कार्य सम्पादन गरेको बताउदै शिक्षाको विकासमा अझ बिशेष जोड दिएको बताए । बिद्यालय बन्द भएको बेलामा पनि आफ्ना दाइदिदीहरुसंग सोधेर पढ्न लेख्न आग्रह गर्दै घरमा बसेका बेला व्यबहारिक कुराहरू सिक्न शर्माले आग्रह गरे ।प्रतियोगितामा सफलता हासिल गर्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै नगर उपप्रमुख मन्जु अधिकारीले विद्यार्थीहरु भविष्यका कर्णधार भएको वताउदै अभिभावक र शिक्षकहरुले उनिहरुको भावना विचारमा विशेष ख्याल गर्दै शिक्षण सिकाईमा जोड दिनुपर्ने बताउनुभयो । फलेवास नगरपालिकामा असाक्षर न्यून रहेको बताउदै सबैलाई साक्षर बनाउन नगरले सिकाई केन्द्रहरुलाई थप व्यवस्थापन गर्ने बताए ।
नगरका प्रवक्ता तथा वडा नं. ४ का मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले शिक्षा क्षेत्रमा फलेवास नगरपालिका अगाडि रहेको बताउदै उक्त विरासत कायम राख्नका लागि शिक्षक विद्यार्थी र अभिभावकले आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । बिद्यार्थीहरु अनुशासित र असल भएर पठनपाठनमा ध्यान केन्द्रित गर्नुपर्ने गौडेलले बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले समयसापेक्ष युग सुहाउँदो शिक्षामा नगरले जोड दिनुपर्ने बताए ।

कार्यक्रममा लेखा अधिकृत यशोदा सुवेदी, नेपाल शिक्षक संघ फलेवास नगर कार्यसमिति अध्यक्ष पुर्ण कुमार श्रेष्ठ, भवानी बिद्यापिठ माबिका प्रअ अर्जुन कुमार रेग्मी लगायतले बोलेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानव जिवनमा पारेको असर,रोकथाम तथा नियन्त्रणका उपाय लगायतका फरकफरक बिषयमा भएको उक्त प्रतियोगितामा राम माबि शंकरपोखरीका सुन्दर भुसाल प्रथम भएका थिए । त्यस्तै भवानी विद्यापीठ माबि खानीगाउँका सन्तोष पौडेल व्दितिय, त्रिभुवन माबि शंकरपोखरीका उषा अधिकारी तृतीय र शारदा माबि कुर्घाका सीमा चपाई र फलेवास मोडेलका जस्मिन कुवर सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दिर्तिय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार स्वरुप क्रमशः ३ हजार, २५ सय, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

नगर प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्यको स्वागत मन्तव्य र प्राबिधिक सहायक मुना शर्मा पौडेलले संचालन गरेकी थिईन ।

यसैबीच आज नगरमा सबै बिद्यालयहरुका प्रअहरुको बैठक बसेर बैकल्पिक बिधिबाट पठनपाठन गर्ने बिषयमा छ्लफल भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !