सुरेश छन्त्याल, गल्कोट २०७७ भदौ २५ । गल्कोट नगरपालिका १० पाण्डबखानी रमुवाका एक महिलालाई चट्याङ लागेर घाइते भएकी छन् । राति ९ बजे अविरल वर्षा संगै परेको चट्याङले ३२ वर्षिय धनमाया विक लाई चट्याङ लागेको छ। राति खाना खाहेर सुतेको अवस्थामा चट्याङ लाग्दा मुख र छातीमा अवसर पारेको र घाइते भएकी महिलाको कपडा समेत जलेको स्थानीय राजु विकले जानकारी दिए ।
चट्याङले घरमा रहेको सबै विजुलीका वोइरिङ समेत नष्ट भएको छ, भने उनी हल्का बोल्ने गरेता पनि बोमिट नरोकिए पछि उपचारको लागि हटियामा रहेको आरोग्य अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।