बागलुङ २०७७ भदौ २७ । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा आज भदौ २७ गते मध्यराति १२ बजे देखी असोज ३ गतेको मध्यराति १२ बजे सम्मका लागी बागलुङ जिल्लाभर लागु हुने गरी नेपाल सरकारव्दारा जारी गरिएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीलाई कडाईका साथ पालना गर्ने गराउने जिम्मेवारी सेवा प्रदायक निकाय, कार्यालय एवं नागरिक तथा सेवाग्राही समेतले बहन गर्ने गरी सेवा तथा कार्यसन्चालनका सम्वन्धमा देहाए बमोजिमका आदेशहरु लागु गरेको छ ।
विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बढ्दै गएको र कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागी संक्रमण रोग ऐन २०२० को दफा २ बमाजिम प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेव्दारा आज जारी गरिएको आदेश यस प्रकार छ ।