निर्मल पौडेल पर्वत २०७६ भदौ २८ । दुर्घटना पश्चात गम्भीर घाइते भएर पोखराको हरियोखर्क अस्पतालमा उपचार गराइरहेका पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका ओमप्रकाश परियार रुपिन्द्र लाई पुर्व विधार्थीहरुले आर्थिक सहयोग गरेका छन। लिमिठाना माध्यमिक विध्यालयमा २०६५ सालमा एस एल सी दिएका विधार्थीहरुले सामुहिक रुपमा परियारलाई रु २५ हजार आर्थिक सहयोग गरेका हुन । फेशबुक ग्रुपमा आवद्ध पुर्व बिद्यार्थीहरु नरेश क्षेत्री,बिपिन क्षेत्री,नरेश पौडेल ,अनिल पाण्डे ,प्रकाश पाठक,निर्मल पौडेल,पुस्पा पौडेल ,शुष्मा पन्त,कुन्जन पन्त,सुस्मिता पाण्डे,बिमष ढकाल,एलिशा रेग्मी लगायतले सो रकम संकलन गरी सहयोग प्रदान गरेका हुन।
कोरोना कहरको बाबजुद पनि पुर्व विधार्थी अनिल पाण्डे र निर्मल पौडेलले अस्पतालमै पुगेर पीडितको स्वास्थ्य अवस्था बुझी सो रकम पीडितलाई हस्तान्तरण गरेका हुन।
परियारको उपचारमा थोरै मात्रामा भएपनी राहत मिलोस भन्ने हेतुले साथीभाइहरुले एकआपसमा रमक संकलन गरि प्रदान गरेको पुर्व बिद्यार्थी अनिल पाण्डेले बताएका छन। परियारको घरको आर्थिक अवस्था निकै दयनीय रहेको छ। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पार्दी पोखरामा कार्यरत परियार गत माघ १ गते देवघाटको माघीमेला सुरक्षामा खटिएर फर्कने क्रममा दुर्घटनामा परी मेरुदण्ड छियाछिया भएर गम्भीर घाइते भएका थिए। तत्पश्चात उनको कम्मरमुनीको भाग नचल्ने भएको छ। मेरुदण्डको उपचार गर्दागर्दै अहिले चार ठाउँमा शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताएका छन। हरियोखर्क अस्पतालको पाचौं नम्बरको बेडमा जीवन र मृत्युसङ्ग लडिरहेका परियारको उपचारमा आर्थिक समस्या परेको उनलाई रेखदेख गरीरहेका भाइ रुपेश परियारले दुखेसो गरेका छन ।
परियारका बुबा भद्र बहादुरका अनुसार आफुहरुले सङ्कलन गरेको ३ लाख रुपैयाँ सकिएको र अझै करिव ८ लाख जति खर्च लाग्ने डाक्टरहरुले बताएकोले सहयोगी मनहरुले थोरै धेरै सहयोग गरि छोराको जीवनरक्षा गरिदिन आग्रह गरेका छन। सहयोग गर्न इच्क्षुकले मोबाइल नम्बर ९८०७४१८७८४ ,९८४७७२४००७ मा सम्पर्क गर्न सक्नुहुनेछ। मानवीयता देखाएर आपतमा परेकाहरू लाई सक्दो सहयोग गर्नुनै ठूलो धर्म हो। क्या अजीव छ मानव चोला यस्तै बेला सहयोग गरे धर्म कामाउन कुनै मठमन्दिर जानु पर्दैन ,आखिर पैसाले त कस्लाइ पुगेको हुन्छ ररु अलिकति मनले सोचे मात्र हुन्छ, तपाइँको थोरै सहयोगले परियारले नयाँ जीवन पाउनेछन् । नियतीको खेल कस्लाइ के थारु यस्तो अवस्था कसैको नआओस।