टिकाराम भट्टराई,बुर्तिबाङ २०७७ भदौ २८ । नेपाल मगर संघ केन्द्रिय समिति, नेपाल मगर संघ गण्डकी प्रदेश समिति,अन्तराष्टिय मगर महासंघ, नेपाल मगर संघ जिल्ला समिति बाग्लुङ, नेपाल मगर संघ क्षेत्रिय समिति बुर्तिबाङ,नेपाल मगर युवा संघ केन्द्रिय समितिको व्यबस्थापन र संविधान सभा सदस्य नर बहादुर पुन (निरज)को समन्वयमा ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई शनिबार राहत हस्तान्त्रण गरीएको छ । गत भदौ १७ गते रातीको बाढीका कारण परिवार गुमाएका तथा घरबास गुमाएकालाई सँस्थाको तर्फदेखि राहात उपलब्ध गराइएको हो ।
संघले मृतक परिवार,घाईते व्यक्रिहरु,घर पुर्ण क्षेति र आंशिक क्षेति गरी ४ चरणमा आर्थिक सहयोग गरेको हो । आफ्ना धेरै अभिभावक गुमाएका र थोरै गुमाएका गरी २२ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको थियो । जस अनुसार मृतक परिवारहरुमा हेम बहादुर बि.क हस्ते महेश बि.क रु ३६,०००, चनि बि.क हस्ते निम प्रकाश बि.क रु ३२,०००, कर बहादुर बिक हस्ते सुरिमति बि.क रु २८,०००, नारायन बि.क हस्ते कुलबहादुर बि.क रु २८,०००, कौशिला पुन हस्ते सुरेन्द्र पुन रु २४,०००,धनमाया बि.क हस्ते कुमार बि.क रु २४,००, करलरि पुन हस्ते दर्शन पुन रु २४,००० प्रदान गरिएको थियो ।
यस्तै तुलमति घर्ति हस्ते हितन घर्ति रु २०,००० , गोथीपुन हस्ते खिम कुमारी पुन रु २०,०००,रिम कुमारी पुन हस्ते धु्रव घर्ति रु २०,००० ,करमति बुढा हस्ते लहर बुढा रु २०,०००, कुमारी बि.क हस्ते सम्सेर बि.क रु २०,०००, समुन्द्र बि.क हस्ते सम्सेर बि.क रु २०,०००, याम कुमारी बि.क हस्ते छन बहादुर बि.क रु २०,०००, पुनि बि.क हस्ते रुपधन बि.क रु २०,०००,जित बहादुर घर्ति हस्ते थम प्रकाश घर्ति रु २०,०००, प्रेम पुन हस्ते चन्द्रकुमारी पुन रु २०,०००, मनकुमारी बि.क हस्ते निम प्रकाश बि.क रु २०,०००, केशमाया बि.क हस्ते निमार्ण बि.क रु २०,०००, जिवन बि.क हस्ते लाल बहादुर बि.करु २०,०००, मनिषा बि.क हस्ते कुल बहादुर बि.क रु २०,००० र राजेन्द्र घर्तिमगर हस्ते सदन घर्तिमगर रु २०,००० गरी कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो ।
यसै गरि घाईतेहरु महेन्द्र पुन हस्ते चन्द्र पुन रु ५,००० ,संगिता घर्तिमगर हस्ते हितन घर्तिमगर रु ५००० गरी रु १०,००० प्रदान गरिएको थियो । पुर्ण रुपमा घर क्षेति भएका ५४ घरधुरीका लागि प्रति परिवार रु ५ हजारका दरले २ लाख ७० ह्जार र आंशिक क्षेति पुगेका ४७ घरधुरीका लागि प्रति परिवार रु २५ सयका दरले रु १ लाख १७ हजार ५ सय हस्तान्त्रण गरीएको थियो ।
\
मगर सघं हङकङ व्दारा रु २ लाख ५० हजार, मगर सघं यूके.रवीडेन शाखा व्दारा रु ५० हजार,बाग्लुङ सेवा समाज क्यानाडा व्दारा रु ३ लाख, नेपाल मगर सघं क्षेत्रिय समिति बुर्तिबाङ व्दारा रु १ लाख ४ हजार ५ सय, नेपाल मगर सघं निसीखोला कार्यसमिति व्दारा रु १ लाख ५० हजार, नेपलिस वेलफेयर सोसाईटी शंकर थापा व्दारा रु ६० हजार २ सय ५०, नेपाल मगर संघ केन्द्रिय समिति व्दारा रु १३ हजार ७ सय ५०,गलकोट नगरपालिका ३ का विष्णु राणा व्दारा रु ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएसँगै संघले कूल रु ९ लाख ३३ हजार ५ सय पीडितलाई राहात उपलब्ध गराएको हो ।
राहात हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं.९ का अध्यक्ष हरीबहादुर घर्र्ति मगरकोे अध्यक्षता, सघंका अध्यक्ष नविन रोका मगरको प्रमुख आथित्यता, संविधान सभा सदस्य नर बहादुर पुन (निरज), ढोरपाटन नगरपालिका उप प्रमुख करमति पुन,गलकोट नगरपालिका उप प्रमुख रेणुका काउचा, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल,क्षेत्रिय मगर संघका सल्लाहकार निल बहादुर पुन,क्षेत्रिय मगर संघका अध्यक्ष गंग बहादुर घर्ति लगायत जनप्रतिनिधि,समाजसेवी,पत्रकार लगाएतको उपस्थितिमा पीडित परिवारलाई राहात हस्तान्त्रण गरीएको हो ।
कार्यक्रममा बोल्दै सघंका अध्यक्ष नविन रोका मगर र नर बहादुर पुन (निरज)ले आफुहरुले पीडितको आलो घाउमा थोरै भएपनी मल्हम लगाउने उदेश्य स्वरुप आर्थिक सँकलन अभियान सुचारु गरीएको र पीडितको लागि राहात हस्तान्त्रण गरीएको बताए । उनीहरुले आर्थिक सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई समेत धन्यबाद ज्ञापन गदैँ अन्य सहयोगी दाताहरुबाट सहयोग आउने क्रम जारी रहेकाले अर्को चरणमा फेरि आउने समेत बताएका थिए । कार्यक्रमको सञ्चालन गिरी बुढाथोकी मगरले गरेका थिए ।
One Comment