Sorry, that menu does not exist.
 

पारदर्शिता होस भनेर प्रत्यक्ष पीडित कहाँ गएर राहत रकम वितरण
ढोरपाटनका बाढीपीडितलाई नेपाल मगर संघव्दारा रु ९ लाख ३३ हजार नगद आर्थिक सहयोग

कविता मगर, बुर्तिबाङ २०७७ भदौ २८ । ढोरपाटन नगरपालिकाका बाढी पीडितलाई नेपाल मगर संघ निसीखोला गाउँपालिका समितीले आर्थिक सहयोग गरेको छ । बाढीपहिरोव्दारा क्षतिग्रस्त क्षेत्रका पीडितहरुलाई उक्त समितीले १ लाख ५० हजार नगद आर्थिक सहयोग गरिएको नेपाल मगर संघ निसीखोला गाउँपालिका समितीका कोषाध्यक्ष पुनिकला घर्तीमगरको भनाई छ ।

छिमेकी गाउँपालिकामा परेको प्राकृतिक प्रकोपबाट प्रभावित पीडितलाई सहयोग गर्न पाउदा अत्यन्तै खुसी लागेको समितीका उपाध्यक्ष दिपक थापा मगरले बताउ । साथै उनका अनुसार निसीखोला गाउँपालिका भित्रका बाढी प्रभावितलाई पनि छिट्टै नै राहत रकम वितरण गरिदै छ । कार्यक्रमकै अवसरमा मगर संघ हङकङले २ लाख ५० हजार, मगर संघ युके स्विडेन शाखाले ५० हजार, बागलुङ सेवा समाज क्यानडाले ३ लाख, नेपाल मगर संघ क्षेत्रिय समिती बुर्तिबाङले १ लाख ४ हजार ५ सय गरि टोटल ९ लाख ३३ हजार ५ सय उक्त बाढी पडिीतलाई वितरण गरिएको छ ।

नेपालीमा परेका पीडालाई सहन नसकेर हङ्गकङमा रहेका मगर समुदाय र नेपालीहरुले राहत रकम संकलन गरेर नेपालमा राहत वितरण गरेको मगर संघ हङ्गकङका उपाध्यक्ष समुन थापा मगरले बताए । संकलन गरेको राहत रकम पारदर्शिता होस भनेर प्रत्यक्ष पीडित कहाँ गएर राहत रकम विरतण गरेको हो ।

बाढी पहिरोले विद्यालय, खानेपानी र विद्युत लगायतका संरचना भत्काएको छ । नेपाल मगर संघले गास,बास र कपासको व्यवस्था संगै स्वास्थ्य चौकी र विद्यालय लगायातका संरचना पुन निर्माण गरिदिन सरकारसंग माग गरेको छ ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर र संविधान सभा सदस्य निरज पुनमगरले उक्त राहत रकम हस्तान्तरण गरेका थिए । राहत रकम प्रदान गर्दै मगर संघका केन्द्रिय अध्यक्ष रोकाले बाढी पिडितको मलम लगाउन मगर संघ अन्तरर्गत रहेका सबै क्षेत्रलाई राहत संकलन गर्न परिचानल गरेको बताए । साथै उनले बाढी पीडित व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग अनुरोध गरे । संविधान सभा सदस्य पुन मगरले बाढी पीडितलाई राहतलाई वितरणलाई पारदर्शिता गर्नपर्नेमा जोड दिए । बाढीपीडितको विचल्ली भएकाले पुनरबासको व्यवस्था गरिदिन तीनै तहका सरकारसंग माग गरे ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीका अनुसार वडा नम्बर ९ मा १ सय घर पूर्ण क्षती, वडा नम्बर ८ मा १० घर र वडा नम्बर ७ मा ३ घर गरी झन्डै १ सय २० घर क्षती पुगेकाले विस्थापित हुन पुगेको छ । बाढीमा परी ३८ जना वेपत्ता भएकोमा २२ जनाको सनाखत भइसकेको छ । १६ जना अझै वेपत्ता छन । बाढीपीडितलाई राहत वितरण गरिरहेको उनले बताए । पीडितलाई पुनरबासको व्यवस्था गर्नका लागि तयारी थालेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !