Sorry, that menu does not exist.
 

अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ २९ । धौलागिरी अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण देखिएपछी उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको तयारी भैरहेको छ । बिरामी सामान्य ज्वरो आएर उपचारका लागी धौलागिरी अस्पतालमा भर्ना भएका थिए ।

बागलुङ नगरपालिका ४ रमेटारका ५४ वर्षिय बिरामी गत भदौ २५ गते अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागी पठाईएकोमा केहि समय अघिमात्र पीसीआर रिपोर्ट पोजेटिव आएपछी अस्पतालको आईसोलेशन कक्षमा रााखिएको अस्पताल श्रोतले जनाएको छ । उनको उपचारमा संलग्न रहेका चिकित्सव एवं स्वास्थ्यकर्मीहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताईएको छ । बिरामी चार दिन अस्पतालमा रहँदा धेरैजनाको सम्पर्कमा आएको हुनसक्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !