Sorry, that menu does not exist.
 

पहिरोमा पुरिएर मुडिकुवामा बालिकाको मृत्यु, दर्जनौं घर पहिरोको उच्च जोखिममा

लक्ष्मण विश्वकर्मा, पर्वत २०७७ भदौ २९ । फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उनकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिए ।

पहिरोमा पुरिएर विककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीन जनाको उद्धार गरिएको थियो ।

पहिरोले पुरिएर स्थानीय घनश्याम भुसालका दुई भैसी र एउटा गोरु समेत पुरिएको छ । आज विहान ४ वजेको समयमा पहिरो आएर घर पुरिएको भुसालले बताए । पहिरोले दोबिल्ला फलेवास सडक समेत क्षतबिक्षत भएको छ ।

त्यस्तै यता गय राती परेको भीषण पानीका कारण फलेवास नगरपालिका १० कुर्घामा पहिरोमा परि १ भैंसी र १ पाडो मरेका छन । कुर्घा स्थित काउलेको बनदेखी झरेको पहिरोले फल्ल स्थित गिता देबि शर्माको गोठ पुर्दा उक्त पसु चौपायको ज्यान गयको हो । बिहान ४ बजेको समयमा आयको पहिरोको कारण फल्ला स्थित १२ ओटा भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानिय कृष्ण प्रसाद शर्माले जानकारी दिए । यस्तै यत फलेवास नगरपालिकाको केन्द्र खानिगाउ स्थित टंकिमा गयको पहिरोको कारण गोपाल नेपालिको घर उच् जोखिममा परेको छ घरमुनी गयको पहिरोले घर तथा गोठ जोखिममा परेका हुन, पहिरोले फलेवास देखि मुडिकुवा सम्मको सडक मा ठाउठाउमा बाटो अबरुद्ध भएको छ । यस्तै मुडिकुवामा पनि घर तथा गोठ जोखिममा रहेको स्थानिय शिक्षक अर्जुन कुमार रेग्मीले जानकारी दिए । मुडिकुवा स्थित मान प्रसाद गौडेल को घरमाथी गयको पहिरोको कारण उहाँको घर पनि जोखिममा परेको रेग्मीले जानकारी दिए।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धारको काम गरेको र विस्तृत विवरण आउन बाँकी रहको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । 

यसैवीच अविरल बर्षाका कारण पहिरो जादा पर्वतको फलेवास ६ देविस्थानबाट बाग्लुङको बिनामरे जोड्ने झुलुंगे पुलमा क्षति पुगेको छ । कालीगण्डकी नदिमाथिको निरिङेको पुलमा पहिरोले क्षति पराउदा पुलको एकतर्फीको लठ्ठा छिनेको देविस्थानका स्थानीय दिपक कुवरले जानकारी दिए । पुलको लठ्ठा चुडिएपछी पुलमा आवतजावत गर्न जोखिम भएको उनले जानकारी दिए । । जोखिम मोलेर पुल नतर्न उहाँले आग्रह गरेका छन् । उक्त पुलबाट दैनिक सयौ जनाले आवतजावत गर्ने गरेका थिए । पछिल्लो समय निरन्तरको अविरल बर्षाका कारण देविस्थानका विभिन्न ठाउँमा जमिन भासिएको उनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !