Sorry, that menu does not exist.
 

निसीखोलाका बाढी पीडितलाइ राहत हस्तान्तरण

कुमविर बिश्वकर्म, बुर्तिवाङ २०७७ भदौ ३० । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर (५ कारीगाउँ स्थित अविरल बर्षाको कारण घर पछाडी बाट आएको पहरोले एक घर भत्किएर १४ बर्षिय विरेन्द्र बिक र ६ बर्षिय प्रबेश बिकको मृत्यु भएको थियो । मृतकहरु मामा भान्जा रहेका थिए भने यी दुइ परिवारलाइ केन्द्रिय सरकार द्वारा दुइ (दुइ लाखको दरले र घरको क्षतिपूर्तिको लागी पन्ध्र हजार रुपैया इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवरले पीडित पक्ष दिलशरा बिक र उजेली बिकलाइ आज एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका छन् ।

सो अवसरमा गण्डकी प्रदेश संसद खिम बिक्रम शाही , निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल ,सम्बन्धित वडाका अध्यक्ष हर्कमान घर्ति मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख कुवंरले हामी पीडित पक्षलाइ केन्द्रिय सरकार द्वारा आर्थिक सहयोग गरेका छौं , यो रकमलाइ सहि सदुपयोग गर्न अनुरोध गरेका थिए ।

यस्तै निसीखोला गाउपालिका वडा अध्यक्षले पनि सुरुमै पीडितहरुको पीडामा मल्हम लगाउन गाउँ पालिकाले तिस हजारको दरले मृतक परिवारलाइ सहयोग गरेको र थप घरको क्षतिको लागी पन्ध्र हजार रुपैयाँ दिएको बताउदै उनले थप पहल गर्ने बताए ।

गण्डकी प्रदेश सांसद खिम बिक्रम शाहीले पीडितहरुलाइ सान्त्वना दिदैं प्रदेश सरकारबाट पचास हजार रुपैयाँ मृतक परिवारहरुलाइ दिने घोषणा गर्दै घर बनाउन समेत सरकार बाट सहयोग हुने बताए ।

कार्यक्रम निसीखोला गाउपालिका वडा नम्बर -५ का वडा अध्यक्ष हर्कमान घर्ती मगरको अध्यक्षता र गण्डकी प्रदेश सदस्य खिम बिक्रम शाहीको प्रमुख आथित्यता संगै निसीखोला गाउँपालिका कार्यपालिका सदस्य मिलन बिक ९सुनिल०को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !