Sorry, that menu does not exist.
 

ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई सहयोग हस्तान्तरण

कौरव खत्री, गुल्मी २०७७ भदौ ३१ । बागलुङ ढोरपाटन नगरपालिका बोबाङका बाढी पहिरो पीडितहरुको लागि नगद सहयोग राहत रकम हस्तान्तरण गरिएको छ ।

मंगलवार गुल्मी मुसिकोट नगरपालिका १ निवासी समाजसेवी धनिश्वर अर्याल (महेन्द्र)ले साउदी अरेवियामा संकलन गरि पठाएको नगद रकम रु.१८ हजार रकम मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे,युनेस्को केन्द्रका सदस्य भिम पाण्डेद्धारा नगद रकम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बाढी पहिरो पीडितहरुको लागि आएको सहयोग रकमलाई पारर्दर्शी गर्ने र सहयोग देखिने गरि पीडितहरुका घर निर्माण गरि नेपालकै नमूना काम गर्ने बताए । साथै नगरप्रमुख नेपालीले आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

सोही अवसरमा गुल्मी समाज भिक्टोरिया अष्टे«लियाका संरक्षक भिमलाल सापकोटा,वामी विश्व सम्पर्क मञ्च अमेरिकाका पूर्व अध्यक्ष हरिनारायण सापकोटा,महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा,वामी विश्व सम्पर्क मञ्चका प्रतिनिधि अग्निधर अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन,प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई,ढोरपाटन नगरपालिका वडा नं.१ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ८ का वडाअध्यक्ष नन्दे सुनार वडा नं. ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर,सञ्चारकर्मी रामकृष्ण कंडेल, ढोरपाटन नगरपालिकाका प्रेस सल्लाहकार झरना कंडेल लगायतको सहभागिता रहेको थियो ।

गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पु¥याएको थियो ।
ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पु¥याएको छ भने बाढी पहिरोले विद्यालय,विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पु¥याएको थियो ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment