अनिष पाठक, बुर्तिवाङ २०७७ असोज १ । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटि बागलुङले पहिरोमा परि ज्यान गुमाएका परिवारका सदस्यलाई सहयोग हस्तान्तरण गरेको छ । जिल्लाको बडिगाड गाँउपालिका वडा नं. १० निगालपानिको पहिरोमा परि ज्यान गुमाएका ३६ वर्षिय दान बहादुर घर्तिको परिवारलाई ५ हजार राहात रकम प्रदान गरिएको जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए ।
राहात हस्तान्तरण कार्यक्रममा जनमोर्चा जिल्ला सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष बोम बहादुर थापा, जिल्ला सदस्य कोपिला थापा, (नेकपा) मसाल जिल्ला प्रवक्ता मेक बहादुर पाइजा, अखिल नेपाल युवक संघ केन्द्रिय कोषाध्यक्ष भिमसेन बन लगाएतको उपस्थितिमा घर्तिकी श्रीमती ज्ञान कुमारी घर्तिलाई सो रकम जिल्ला सचिव भिमलाल पोखरेलले हस्तान्तरण गरेका थिए ।
जनमोर्चा जिल्ला समिति बागलुङले जिल्लाका विभिन्न ठाउमा घटेका पर्कोपमा परि ज्यान गुमाएका र घरबार बिस्थापित भएकाहरुको लागि राहत रकम सहयोग गर्दै आएको छ । गत भदौ १७ गते भुजिखोलका बाढि प्रभावितका लागि पनि जनमोर्चाले यहि भदौ २१ गते मृतकका २१ घरपरिवारमा १ लाख ५ हजार तथा विस्थापित ७५ परिवारलामा १ लाख ५० हजार गरी कुल २ लाख ५५ हजार रुपैयाँ वितरण गरेको जनाएको छ ।
यसैविच नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङले ढोरपाटनका बाढी पीडित परिवारका लागि १ लाख २० हजार रहात रकम सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तह बाट संकलित रकम आज संगठनका अध्यक्ष गोविन्द भन्डारीले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली लाई हस्तान्तरण गरेको संगठनका पुर्व क्षेत्रीय सचिव शिवलाल पोख्रेलले जानकारी दिए । बुधवार सम्म ढोरपाटन नगरपालिकाको राहत कोषमा ६७ लाख रुपैयाँ संकलन भएको नगरप्रमुख नेपालीले जानकारी दिए ।