Sorry, that menu does not exist.
 

बिहुँकोट समाज जापान द्वारा मृगौला पीडित को परिवार लाई सहयोग

भरत सापकोटा बागलुङ २०७७ असोज १ । काँठेखोला गाउँपालिका वडा ६फापरचौर निबासी रामु कडेंल बिगत ६बर्ष देखि दुबै मृगौला फेल भई अस्पतालकै सैया रहेका उनको आर्थिक अवस्था निक्कै नाजुक छ।धेरै जसो डाईलोसिस गरिरहनु पर्ने तेहि पनि १दिन बिराएरै गाउँ देखि बाग्लुङ पोखरा जानु पर्ने समस्या त्यसै माथि गरिबि को चरम पिडा मै बाच्न विबश कडेंल को पिडा भनिसाध्यको छैन।

डाईलोसिस कै क्रममा चितवनमा रहेका कडेंललाई अर्को बज्रपात परेको उनका बुबा थानेश्वर कडेंलले बताए।उनलाई डाईलोसिसका क्रममा नै उनलाई कोराना पोजेटिभ भएसि उनको स्वाथ्य अवस्था गम्भिर भएको समेत उनले बताए।

हाल उनको उपचार गर्नै समस्या भएपछि सहयोग को अपिल समेत गरेका छन्। यसै क्रममा बिहुँकोट संमाज जापानले आर्थिक सहयोग गरेको हिजो उन घर बिहुँकोट फापरचौरमा नै पुगि पिडित तारानाथ कडेंल का बुबा थानेश्वर कडेंल लाई एक लाख दश हजार रुपैया यसै संस्थाका सल्लाहाकार गौरिशंकर सुवेदी ,उपाध्यक्ष चिरन्जिबि कडेंल,सचिब भिष्म कडेंल,कोषाध्यक्ष नारायण प्रसाद कडेंल ९राजु० यग्यप्रसाद कडेंल,आजिवन सदस्य भवदत्त कडेंल,मणिभद्र कडेंल ले संयुक्त रुपमा हस्तान्तरण गरिएको सचिब भिष्म कडेंलले जानकारी दिए।

प्रदेशमा आफ्नो रगतलाई पसिनामा बदल्दै थोपा थोपा गरि संगालेको रकम आफ्नो गाउँ समाज ,जिल्ला हुदै देशका बिभिन्व क्षेत्रका प्राकृतिक बिपत्ति,भईपरिआउने घटना ,जनसुकै क्षेत्रमा सहयोग गर्दै आएको यस संस्था उदेश्य नै आपत र बिपतमा सहयेगि बन्ने नै भएको कोषाध्यक्ष कडेंलले बताए।हाल जापान मा बिहुँकोट समाज जापान र नेपाल मा जापान समाज बिहुँकोट ले परिचित यसं संस्थाले नेपाल मा भईपरि आउने बिपति मा मलम लगाउने उदेश्यले रु१करोड को अक्षय कोष स्थापाना गरेको छ ।त्यहिकोष को ब्याज बाट प्राप्त रकम र विदेश बाटै उठ्ने रकम नेपालि दाजु भाई साथै यस क्षत्र का बिपत्ति परेका मानिसहरु बतिरण गर्ने गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !