Sorry, that menu does not exist.
 

फलेवासका ७ वटा बस्ती पहिरोको उच्च जोखिममा, स्थानान्तरण गर्न सिफारीस

लक्ष्मण विश्वकर्मा, पर्वत २०७७ असोज १ । पर्वत लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्तीहरु उच्च जोखिममा परेका छन् ।

नगरको वडा नं. ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं. २ थापाठानाको दरदरे, वडा नं. ३ शंकरपोखरीकोे पुर्कोट र रुग्दी र वडा नं. ६ देविस्थानको राहले बस्ती जोखिममा परेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

वर्षाका कारण पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्तीका करिब १ सय घरपरिवार जोखिममा रहेकाले सुरक्षित ठाएँमाा स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उनले बताए ।

नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीहरुलनई स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको शर्माले बताए ।

संघ र प्रदेश दुवै सरकारमा सिफारी गरि पठाइएको र नगरवाट सम्वोधन हुन सक्ने जोखिमयुक्त ठाउँमा भने नगरलेनै योजना बनाएर पुर्नस्थापनाका कार्य अघि बढाउने शर्माको भनाई छ ।

सवैभन्दा बढि कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा रहेका छन् ।

त्यस्तै बाढिपहिरोका कारण नगरपालिका भित्र रहेका खानेपानी, विद्युत, सिंचाईका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्नका लागि सम्वन्धित कार्यालयमा माग गरि पठाउने निणर्य समेत वैठकले गरेको छ ।

विस्थापित भएकाहरुलाई तत्काल राहतका लागि नगरपालिकाले पहल गर्ने भएको छ । केहि दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिक सहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद व्यवस्थापन समितिको वैठकले बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारीस गरेको हो ।

अविरल बर्षाका कारण पहिरो जादा पहिरोमा पुरिएर गत सोमबार फलेवार नगरपालिकाको वडा नं.४ मुडिकुवा स्थित शिर्सुवामा स्थानीय नबिन विककी ३ वर्षीया छोरि निकिता विकको ज्यान गएको थियो ।

सोहि दिनको वर्षाका कारण नगरका सवैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अबरुद्ध बनेका मुख्य मुख्य ग्रामीण सडकहरुमा निर्माणाधिन भए सम्वन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निणर्य समेत नगरपालिकाले गरेको नगरप्रमुख शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !