लक्ष्मण बिसि, पर्वत फलेवास २०७७ असोज ११ । पर्वतको फलेवास नगरपालिकामा नगर स्तरीय कृषि संजाल गठन गरिएको छ ।
कृषक र कृषक समुहहरुबिच समन्वय सहकार्य बढाउदै नगरमा कृषिबाट समृद्धिको यात्रा तयार गर्ने उद्देश्यले उक्त संजाल गठन गरिएको हो ।
वडा नं. ६ देविस्थानका अगुवा युवा कृषक बिनोद भुसालको संयोजकत्वमा नगरका ११ वटै वडाका कृषकहरुको प्रतिनिधित्व रहने गरि १३ सदस्यीय कृषि संजाल गठन गरिएको छ ।
जसको उप(संयोजकमा वडा नं. १ कार्किनेटाका जितेन्द्र क्षेत्री, सचिवमा वडा नं. ४ मुडिकुवाका थानेश्वर भुसाल, सहसचिवमा वडा नं. ६ देविस्थानका तारा सुनार, कोषाध्यक्षमा वडा नं. ८ ठानामौलाका जिदुर भूषण क्षेत्री रहेका छन् ।
त्यस्तै सदस्यहरुमा धन बहादुर क्षेत्री, कालिराज चपाई, लक्ष्मीदत्त भुसाल, ईश्वरी पाण्डे, अन्जान थापा, भानु प्रकाश थापा, राधिका गौडेल र जीव कुमारी पन्त रहेका छन् ।
उक्त संजालमा कृषि बिज्ञ, समाजसेवी तथा बुद्धिजीवीहरुको ५ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा अर्जुन प्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा माधव प्रसाद गौडेल, ढाकाराम सुवेदी, नर बहादुर क्षेत्री र कृष्ण तिवारी रहेका छन् ।
कृषि पर्यटन प्रबर्द्धन, अर्गानिक उत्पादनमा जोड, कृषिमा आत्मनिर्भर र व्यवसायीकरण साथै उत्पादित कृषि उपजको बजारीकरण गर्ने उदेश्यका साथ नगर स्तरीय कृषि गठन गरिएको संयोजक बिनोद भुसालले जानकारी दिए ।
कृषिलाई सम्मानित पेसाको रुपमा विकास गर्दै कृषकको हितका लागि संजालले विभिन्न कार्यक्रम संचालन गर्ने उनले बताए ।
यसैबिच आज वडा नं. ६ देविस्थानमा गोपाल गौडेलको संयोजकत्वमा ११ सदस्य वडा स्तरीय कृषक समुह गठन गरिएको छ । जसको सदस्यहरुमा कमला श्रेष्ठ, दयाराम शर्मा, नारायण श्रेष्ठ, सीता थापा, अनिता शर्मा, पार्वती क्षेत्री, उजुर बहादुर नेपाली, संगिता भुसाल, बिन्दु भुसाल र डिल्लीराम भुसाल रहेका छन् ।
कृषक समुह गठनमा उपस्थित कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिका वडा नं. ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसालले नगरभरका कृषकहरू एकीकृत भएर उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । नगरका हरेक वडामा विभिन्न उर्वरशिल जमिन रहेकोले आधुनिक प्रबिधिको प्रयोग गरि माटो सुहाउँदो अर्गानिक कृषि उत्पादन गरि कृषकहरु व्यावसायिक बन्नुपर्ने भुसालले बताए ।
नगरपालिकाले कृषी पेशा गर्न इच्छुक कृषकहरुलाई तरकारी, फलफुल र पशुपालन तथा कृषजन्य बस्तु उत्पादनको लागि अनुदानका कार्यक्रम संचालन गरेको बताउदै नगरपालिकाले कृषकहरुका हितमा काम गरिरहेको बताए ।
कार्यक्रममा वडा सदस्य निर्मला भुसाल, नेकपा फलेवास कमिटी अध्यक्ष पिताम्बर घिमिरे लगायत देविस्थानका करिब ६० जना कृषकहरुको सहभागिता रहेको थियोे ।