Sorry, that menu does not exist.
 

प्रहरीका आँखा गाँजा तिर …जुवातास तिर कहिले ?

बागलुङ २०७७ असोज १३ । जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका ईकाईव्दारा असोज १२ गते तमानखोला गाउपालिका-२ खोल्सावाङ र बागलुङ नगरपालिकाको अमलाचौरमा अवैधरुपमा लगाईएको ३ सय गाँजाको बोट नष्ट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुव्दारा लागु औषध सचेतना कार्यक्रम अन्तर्गत वर्षेनि बागलुङ जिल्लाका विभिन्न पालिकाहरुमा सयौँ रोपनी गाँजा खेती फँडानी गर्दै आएको छ । अवैध लागु पदार्थ चरेस (माल) बनाउन प्रयोग हुने कच्चा पदार्थका रुपमा गाँजालाई लिईने हुदा प्रहरीले नष्ट गर्दै आएके हो ।

गाँजा फडानी गर्दै प्रहरी ।
बागलुङ जिल्लामा हेर्दा उस्तै देखिने गाँजा र भाँगोका बोटहरु प्रशस्त पाईन्छ । गाँजाबाट लागु औषध चरेस (माल)बनाईन्छ भने भाँगोको गेडाबाट अचार बनाईन्छ । बागलुङमा पाईने भाँगोबाट बनेको आलुको अचार, चटनी, छोपलाई निकै स्वादिष्ट (टेष्टी) मानिन्छ । स्थानीय जनताहरु भाँगोको बोटलाई गाँजाको बोटको रुपमा लिएर प्रहरीले नष्ट गर्दै आएको दुखेसो गर्दै आएका छन् ।

खासगरी जिल्लाको निसीखोला, तमानखोला,बडीगाड, ताराखोला, गाउपालिका, ढोरपाटन र गल्कोट नगरपालिकाका केहि भागहरुमा गाँजा खेती हुन्छ । स्थानीयको भनाईमा विश्वास गर्नेहो भने गाँजा आफै उम्रने हुनाले यसलाई लगाई रहनु पर्दैैन । राम्रो क्वालिटीका चरेस (माल)बनाउन यसको खेती गरिदै आएको पनि देखिन्छ ।

भाँगोको बोट ।
जिल्ला प्रहरी कार्यालय मातहतका ईकाईहरुले गत २०७४ साल साउनमा पश्चिम क्षेत्रका विभिन्न भागहरुमा १ हजार रोपनीमा लगाईएको गाँजाका बोटहरु नष्ट गरेको थियो । २०७५ साल साउनमा ताराखोला गाउपालिकामा २ सय रोपनीमा स्थानीयले लगाएको र आफै उम्रिएका भाँगोका बोटहरु नष्ट गरेको थियो । प्रहरीव्दारा ताराखोलामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले अचारको लागि लगाईएको भाँगो खेतीलाई गाँजाको रुपमा नलिईदिन अनुनय विनय गरेका थिए ।

पछिल्लो समय प्रहरीले जिल्ला अदालतबाट फैसला भै कैद जरिवाना सजाय तोकिएर फरार रहेकाहरुको धरपकड जारी राखेको छ भने लागु औषध दुव्यसन तथा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गर्ने अभियान चलाएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा तिहारको अवसरमा बढी जुवातास तिर मानिसहरु लिप्त हुनेहुनाले यसको नियन्त्रणमा प्रहरीले ध्यान दिने विश्वास गरिएको छ ।
फाईल तस्वीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

32 Comments