Sorry, that menu does not exist.
 

काठेखोला-५ बिहुँमा प्रहरी द्वारा अबैध घरेलु मदिरा नष्ट

भरत सापकोटा बागलुङ २०७७ असोज १४ । जिल्ला प्रहरी कार्यलय बागलुङले जिल्ला सदरमुकाम र गाउँगाउँ घरेलु मधिरा नष्ट गर्ने अभियान चलाएको छ। कोभिड(१९ अर्थात कोरानाको जोखिम बढिरहेको र बिभिन्व होटल रेष्टुरेण्टहरुमा समेत घरेलु मदिरा खुलेआम बिक्री भईरहेको र यसको कारण कोरानाको जोखिम बढ्ने साथै सामाजिक बेतिथिहरु मौलाउने भएकाले यस को नियंत्रण गरि नष्ट गर्न लागिएको जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले बताए।

उनले दिएको जानकारी अनुसार सदरमुकाम तथा जिल्ला बिभिन्न स्थानियनिकायहरुमा पनि यो अभियान तिब्र रुपमा अघि बढेको छ । हाल सम्ममा अहिलेको तत्थ्याङ्कमा ५२००लिटर कच्चा पदार्थ र ८००सिटर तयारी मदिरा नष्ट गरिएको पनि रेग्मीले बताए।

यस्तै गरी हिजो काँठेखोला गाउँपालिका वडा ५ बिहुँ रिजाल चोक धनसिंङचोक लगाएत स्थानिय बजारमा रहेको ८०लिटर तयरी मदिरा र ४००लिटर बनाउन प्रयोग गरिएको कच्चा पदार्थ समेतनष्ट नगरिएको थियो। साथै प्रहरीले त्यो सगै आज यस क्षेत्र भाँगोको बोटहरु समेत नष्ट गरेको बिहुँ तथा धम्जा प्रहरी चौकीका प्रमुख भोजेन्द्र बहादुर गुरुङले बताए।उने यसरी फडानी गर्दा स्थानिय आक्रोसित भएको समेत बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

24 Comments