Sorry, that menu does not exist.
 

स्कट नेपाल क्लव र मालिका नौमति बाजा समुहव्दारा वाढी पीडितलाई रु ४ लाख सहयोग

कमल पौडेल, बुर्तिवाङ २०७७ असोज १५ । मालिका नौमति बाजा समुह र स्कट नेपाल क्लव, एडिनवर्ग, बेलायत (युके)को पहल र सहयोगमा संकलित राहत रकम बुधवार एक कार्यक्रमका विच ढोरपाटनका वाढी पिडितहरुको लागि हस्तान्तरण गरिएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ९ को कार्यालय बोवाङको रोहवरमा अभिभावक गुमाएका नावालक मिना र सुस्मीता विकको लागि ४० हजार, महेश विक, .िजीवन विक, विशाल घर्तिको लागि जनहि ३०÷३० हजार तथा मृतकका १८ परिवारको लागि प्रति परिवार १३ हजार र बडीगाड गाउँपालिका वडा नं. २ को रोहवरमा राक्सेका पहिरो पीडित ४ परिवारको लागि ३८ हजार गरि कुल ४ लाख २ हजार रकम हस्तान्तरण गरिएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा सहयोगी संस्थाको परिचय दिँदै, संस्थाका प्रतिनिधि दीन बहादुर केसी (विष्णु) ले स्कट नेपाल क्लवका अध्यक्ष धन बहादुर केसी, सचिव प्रवेश केसी तथा मालिका नौमति बाजा समुहका संयोजक शेर बहादुर केसीले पठाएको सन्देश पढेर सुनाएका थिए भने पत्रकार कमल पौडेलले सो राहत संकलन अभियानमा जोडिने संस्था सहित ६२ जनाको नाम र रकम बाचन गरि जानकारी दिएका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरि घर्तिले सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गर्दै सो रकमको सदुपयोग हुने विश्वास दिलाएका थिए ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन, समाजसेवी अग्निधर अर्याल, वीरेन्द्र केसी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय खेलाडी प्रतिक घर्ती मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !