छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असोज १६ । बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालिको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय बुर्तिबाङ (अस्थाई ट्राफिक प्रहरी पोष्ट) को समन्वयमा विभिन्न स्थानमा सचेतनामुलक बोर्ड टाँगिएको छ ।
सँस्था स्थापना पश्चात ट्राफिक सचेतनामुलक कार्यक्रम, सवारी दुर्घटना न्युनिकरण मुलक कार्यक्रम लगाएतका गतिविधि गर्दे आइरहेको सँस्थाले बुर्तिबाङ बजार तथा आसपासका स्थान र मध्यपहाडी लोकमार्ग बुर्तिबाङ–भिमगिठेमा गरी ७ स्थानमा सचेतना मुलक बोर्ड राखिएको हो ।
दुर्घटना स्थल क्षेत्र, पहिरो जोखिम क्षेत्र तथा कोभिड १९ बाट बच्ने उपाय लगाएत विभिन्न स्थानमा विभिन्न तवरका सचेतना मुलक बोर्ड राखिएको बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालिका अध्यक्ष जितबहादुर कुवँरले बताए ।
सँस्थाले हाल ट्याक्सी, पिकअप लगाएतका सवारी साधन दर्ता गरेर सञ्चालनमा ल्यापछि पश्चिम बागलुङका नागरीकले सवारी सुविधा सहज रुपमा पाउन थालेका छन् ।्
।