Sorry, that menu does not exist.
 

लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि एक दिने सचेतना तालिम सम्पन्न

कृष्ण कंडेल, गैँडाकोट (अमरापुरी) २०७७ असोज १७ । गैंडाकोट नगरपालिकाको वडा नम्बर(१७ मा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि एक दिने सचेतना तालिम आज सम्पन्न भएको छ ।

वडामा गठित लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिको आयोजनामा अमरज्यती माविको हलमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गैंडाकोट(१७ का वडाअध्यक्ष रत्नवहादुर खड्काले लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको लागि व्यक्ति आफै, परिवारका सदस्यदेखि लिएर छिमेकी तथा सामाजिक संघसंथा लगाएत सम्पूर्ण सरोकारवाला सजग हुनुपर्ने बताए । अध्यक्ष खड्काले सचेतना तालिम हुनु सकारात्मक भएको भन्दै आगामि दिनामा हुने यस्ता कार्यक्रमका लागि अवश्यक बजेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा अमरज्यति माविका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, सभागीहरु भगवती सुबेदी, आनन्द शर्मा, कृष्ण कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा भएको अन्तरकृयाका सहभागीले स्थानीय झाडी, घोल, नदी तथा खोला किनार, मसानघाट, एकान्त ठाउँमा रहेका मन्दिर परिसर लगायतका स्थान दुर्व्यसनीमा संलग्नले धेरै प्रयोग गर्ने भन्दै यस्ता स्थानमा सबैले निगरानी गर्नुपर्ने धारण राखे ।
सो अवसरमा लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिका अध्यक्ष बाबुराम गिरीले यो क्षेत्रमा सम्पूर्ण सरोकारवालासंग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम समितिका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष राधिका कंडेलको स्वागत तथा सचीव लक्ष्मण कंडेलको संचालन एबम सहजीकरणमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !