बागलुङ २०७७ कात्तिक १९ । नेपाली कांग्रेसका उपसभापति समेत रहेका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले बागलुङका गंगाधर गौतम (हाल बेल्जियम) सहित बिभिन्न जिल्लाका चार जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन्।
प्रतिष्ठानका प्रमुख निधिले कांग्रेसको बिधानको धारा ३६(१) ग बमोजिम सप्तरीका जितेन्द्रनारायण देव, सुनसरीका चन्द्रेश्वर खत्वे र सप्तरीका गीता चौधरीलाई सदस्यमा नियुक्त गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
2 Comments