Sorry, that menu does not exist.
 

जैमिनी जैदी,रोहोटे-छर्लुवा सडक स्तरउन्नती भएन,जनताले सास्ती भोग्न बाध्य !

सागर गिरि, कुस्मीसेरा २०७७ कात्तिक २२ । जैमिनी नगरपालिका ,वार्ड न ७ वडा कार्यलय,बिराउने हुँदै गौरवको कालीगण्डकी करिडोर छर्लुवा जोडिने ग्रामीण सडकखण्ड विस्तार गरेको बर्ष बितिसक्दा पनि सडकको स्तरउन्नति भने कत्तीपनि हुन सकेको छैन । पहिला पहिलाको बर्षमा भने हिउँदमा सवारी साधन चलेपनि बर्खा लागेसी सवारी आवातजावतमा कठिन बन्दै आएको थियो । तर यो बर्ष न हिउद ,न बर्खामा भएको छ ।

बर्खामा जैमिनिका लगभग सबै सडक स्तरउन्नती भएपनि सो सडकको दुर्दशा भने उस्तै छ । गौरबको कालीगण्डकी करिडोर र वडा न ७को वडा कार्यालय जोडिने मुख्य सडक बन्द हुदा १० मिनेटको बाटो १ घन्टा लगाएर हिड्नु पर्ने बाध्यता रहेको छ ।

सडकखण्डमा सफाइका लागि मात्र बर्सेनि लाखौंको बजेट वियोजन गरेपनी बर्खा मासमा भने पहिरो जाने,बग्ने,खाल्डाखुल्डी भई गाडी त के पैदल यात्रा गर्नलाई पनि सास्ती रहेको छ । र यो समस्या बर्सेनि यहाँका जनताले भोग्नु कुनै नौलो कुरा होइन । तर हिउद लाग्दा समेत स्तरउन्नति नहुदा भने निकै सास्ती भोग्नु परेको स्थानीय रमेश सार्थकले जानकारी दिए । ” धान थन्काउने चटारो छ , बाटो छैन र गाडी नचल्दा समस्या भएको छ । ” उनले थपे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !