पूर्ण भद्र निउरे ताराखोला २०७७ कात्तिक २२ । ताराखोला गाउँपालिका वडा न ४ का एक ब्यक्तीलाई कोरोना संक्रमण देखिए पछि सो वडाको एउटा टोल लाई १ हप्ता का शिल गरिएको छ । ४ न वडा कार्यालय द्वारा आज प्रकाशित सुचना अनुसार स्थानीय स्तर मा पनि कोरोना संक्रमण देखिएको भन्दै साबिक तारा ९ को सपुरा देखि गिनुवा टोल शिल गरिएकाले स्वास्थको ख्याल गर्दै अत्यावश्यक काम बाहेक बाहिर नहिड्न , सामाजिक दुरि कायम गर्न, अनिबार्य मास्कको प्रयोग गर्न र वडा कार्यालयको अनुमति बिना गाउँपालिका भन्दा भित्र नआउन र नजान अनुरोध गरेको छ ।
कोरोना संक्रमण पुष्टि भएका ३४ बर्षिय पुरुष १५ दिन अगाडि साउदी अरबबाट आइ १ हप्ता काठमाडौमा क्वारेन्टाइनमा बसेका र पीसीआर रिपोर्ट नेगेटिभ आय पछि १५ गते घरमा होम क्वारेन्टाइनमा बस्ने गरि घर आयका र १ हप्ता पछि जाच गर्दा पीसीआर रिपोर्ट पिजेटिभ देखिएकाले निजलाई तत्काल हिल स्वास्थ्य चौकीमा राखिएको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख उदिप थापाले जानकारी दिए।
यसै बिच बिद्यालय नजिकैको टोलमा कोरोना संक्रमण पुष्टि भए पछि वडान ४को नेपालमा बि ताराले पनि एक सुचना प्रकाशित गरि बिद्यालयमा हुँदै आयको प्रत्यक्ष सिकाइ सहजीकरण अर्को सुचना प्रकाशित नहुदा सम्मका लागि स्थगित गरेको छ । सिकाइ सहजीकरण बन्द गरिए पनि भोलि हुने कक्षा ११ को अन्तिम दिनको परिक्षा भने संचालन हुने प्राधानाध्यापक उमानाथ अधिकारीले जानकारी दिए ।