Sorry, that menu does not exist.
 

त्रिवेणीको अधिवेशन सम्पन्न / अध्यक्षमा महत सर्वसम्मत !
सहकारीहरुले कृषिलाई जोड दिंदै राष्ट्रलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक – नेपाली

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७७ कात्तिक २३ । त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा तथा छैठौं अधिवेशन शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले उत्तम बहादुर महतको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा ऋतुवर्ण पौडेल, सचिवमा हिरालाल खनाल, सहसचिवमा जुनिला घर्ती र कोषाध्यक्षमा ज्ञान प्रसाद कँडेल रहेका छन् भने अन्य सदस्यहरुमा युवराज महत, चिन्तामणि शर्मा, रामप्रसाद आचार्य, थमनाथ पौडेल, मधुमाया गुरुङ र मन कुमारी गैरे रहेका छन् ।

त्यसैगरी सम्पन्न अधिवेशनले निवर्तमान अध्यक्ष नेत्रलाल उपाध्यायलाई लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित गरेको छ । जसको सदस्यमा कृष्ण कुमारी आचार्य र भूमिराज पाध्या रहेकाछन् ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि देवकुमार नेपालीले कार्यक्रमको उद्घाटन गर्दै देशका सहकारीहरुले अब कृषिलाई जोड दिंदै राष्ट्रलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास गर्न सके गरिबी निवारण गर्न सकिने कुरामा जोड दिदै त्रिवेणी वचत तथा ऋण सहकारीले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरि समुदाय र शेयर सदस्यको हितमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिए ।

त्यसैगरी नव निर्वाचित कार्यसमितिका अध्यक्ष महतले समितिको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनहरुमा आफ्नो नेतृत्वले संस्थालाई अझै प्रगति र संस्थागत विकासतर्फ लैजान प्रतिबद्ध रहने बताए । नव निर्वाचित अध्यक्ष महतले संस्था स्थापना कालदेखि अहिलेसम्म आफू संस्थाका विभिन्न जिम्मेवार पदमा रहँदै आएको र आगामी दिनहरुमा पनि आफूले संस्थागत विकास र हितका लागि कुनै कुरामा कमी हुन नदिने बताए ।

अध्यक्ष महत यसभन्दा पहिले पनि संस्था स्थापना कालदेखि ६ वर्ष कोषाध्यक्ष, ३ वर्ष सचिव, ४ वर्ष उपाध्यक्ष र विभिन्न उपसमितिहरुमा समेत रहेर जिम्मेवारी बहन गरिसकेका छन् ।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष एवं नवनिर्वाचित लेखा समितिका संयोजक नेत्रलाल उपाध्यायले आफ्नो कार्यकालमा आफ्नो अनुभव र क्षमताले भ्यायसम्म संस्थाको हितमा काम गरेको बताउँदै आफ्नो नेतृत्वलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा संस्थाप्रति आफ्नो योगदान निरन्तर रहिरहने बताउँदै सम्पन्न अधिवेशनमा अत्यन्तै हार्दिकताको साथ आफूले जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको भन्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट गण्डकी थापा अधिकारी, युवराज महत लगायतले बोलेका थिए ।

त्यसैगरी निवर्तमान लेखा संयोजन ढालेन्द्र छन्त्याल, निर्वाचन समितिका संयोजक नवीन जी।सी।, कानुनी सल्लाहकार हिरालाल पौडेल, निर्वाचन समितिका सदस्य लोक बहादुर कँुवर लगायतले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने १७ जना शेयर सदस्यहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो भने संस्थालाई उल्लेखनीय योगदान पुराउने विभिन्न व्यक्तिहरु र कर्मचारीलाई समेत मायाको चिनो र कदरपत्रले सम्मान गरिएको थियो ।

त्यसै गरी सोही अवसरमा उत्कृष्ट नतिजा लिई एस।ई।ई। उत्तिर्ण गर्ने ३ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाका लेखा संयोजक, सचिव, कोषध्यक्ष र विभिन्न उपसमितिका संयोजकहरुको तर्फबाट प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

वि।सं। २०६४ सालमा बुर्तिबाङमा स्थापना भएको त्रिवेणी वचत तथा रिण सहकारी संस्थाले १४ वर्ष पार गरिसकेको छ । अहिलेसम्म आइपुग्दा संस्थाले विभिन्न समयमा उत्कृष्ट सहकारीको रुपमा सम्मान र पुरस्कृत समेत भइसकेको छ । आर्थिक वर्ष २०७६।७७ मा संस्थाले कुल ६० करोड २८ लाख ४१ हजार ५ सय १९ रुपैयाँको नगद कारोबार गरेको छ भने कुल ९३ लाख ४६ हजार ३ रुपैयाँ नाफा गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन निवर्तमान सचिव कृष्ण कुमारी आचार्य र सह सचिव ऋतुवर्ण पौडेलले गरेका थिए । होटेल दरबारमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य, अतिथि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !