बेलुकाजी थापा जापान गल्कोट २०७७ मंसिर ४ । गल्कोटमा आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापना भएको छ । साहित्यका क्षेत्रमा काम गरिरहेको कुञ्जका निम्ति स्थापना गरिएको बागलुङको गलकोट क्षेत्रकै यो पहिलो पुरस्कार हो । जापानमा लामो समय बसेर घर पुग्नासाथ स्वर्गारोहण भएकी आमाको ४५ औँ पुण्य र पुज्य तिथीमा आमा ुअदम कुमारीु मेमोरियल फाउण्डेशन स्थापना गर्ने घोषणा गरेका स्व। अदम कुमारी खत्रीका ८६ बर्षिय श्रीमान मानबहादुर खत्री, एक छोरी र पांच भाई छोराहरुले जानकारी गराए।
आमाका सपनाहरु सेवा कर्महरु र सम्मान मार्फ़त स्मरण गरिरहन फाउण्डेशन मार्फत सकियोस भनेर सोहि दिन आमा फ़ाउन्डेशनबाट “ आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापना गरिएको फाउन्डेशनका दुर्गाबहादुर खत्रीले जानकारी दिए ।उनले गलकोट क्षेत्रका नारी हस्ताक्षरका निम्ति स्थापना गरिएको यो पहिलो पुरस्कार हो भन्ने जानकारी पाउदा खुसी लागेको छ यो अवसरका निम्ति गलकोट साहित्य कुञ्ज परिवारका प्रति आभार टकाउनु टक्राउदछु । पुरस्कारको स्थापना गरिदिनुहुने आमा आमा फाउन्डेशनमा संरक्षक मान बहादुर खत्री छोरी देवी खत्री,छोराहरु देवबहादुर खत्री,तोपनारायण खत्री,कर्णबहादुर खत्री, ज्ञानबहादुर खत्री,र दुर्गाबहादुर खत्री बागलुङ गलकोट नगरपालिका ५ डानसेनडाडा निवासी हुन ।