छविलाल पाण्डे बुर्तिवाङ २०७७ मंसीर ५ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले एक पछि अर्का सफलता हात पार्दै गएको छ । निसीखोलमा १ सय ५० केजी गाँजा बरामद गरेको एक हप्ता नवित्दै पुन: गत साँझ निसीखोला गाउँपालिका भल्कोटबाट १० कजी लागुऔषध अफिम जस्तो देखिने बस्तु नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा निसी भल्कोट सन्दिप होटलमा डेरामा बस्दै आएकी एक महिलाले लुकाई राखेको अवस्थामा उक्त परिमाणमा बस्तु नियन्त्रणमा लिएर ल्याव टेस्टका लागि पठाइएको प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताए । उक्त बस्तु राख्ने महिला पुठा उत्तरगँगा वडा नं. २ की अन्दाजी २८ बर्षिया रमिता घर्ती फरार रहेको बताईएको छ । निजलाई थप अनुसन्धानका निम्ती खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्थानिय जनप्रतिनिधी, समाजसेवी व्यक्तिहरुको रहोवरमा कोठामा लुकाई राखिएको अवस्थामा उक्त वस्तु फेला पारिएको थियो । बरामद गरिएको बस्तु अफिम हुन सक्ने आशैका गरिएको छ । रुकुम क्षेत्रबाट बढी मात्रामा अफिम बाहिरी क्षेत्रमा लैजाँदै गर्दा फेला पर्ने गरेका कारण अफिम रहन सक्ने आशँका गरिएको हो । ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रहरी निरीँक्षक भण्डारीको आगमन भएसँगै गाँजा चरेशको कारोबार गर्ने गतिविधीमा सँलग्नहरुलाई प्रकने र कारवाही गर्ने कार्यले पश्चिम बागलुङमा भण्डारीले गरेको सकारात्मक कार्यको स्थानिय नागरिकले खुलेर प्रशंसा गर्ने गरेका छन ।
फाईल तस्वीर
8 Comments