Sorry, that menu does not exist.
 

बागलुङमा गम्भीर आचारसंहित उल्लंघनका कुनै घटना भएको छैन- मुख्य निर्वाचन अधिकृत

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख २८ । मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जिल्लामा स्थानिय तहको निर्वाचनको सबै तयारी पुरा भएको बताएका छन ।

अनौपचारिक सेवा केन्द्र ईन्सेक प्रतिनिधीका कार्यालयले बुधवार बागलुङमा आयोजना गरेको मानवअधिकार र निर्वाचन सम्बन्धी अन्र्तक्रियामा बोल्दै उनले जिल्लामा गम्भीर आचारसंहित उल्लंघनका कुनै घटना नभएको बताए ।

स्थानिय तहको निर्वाचनको लागि सबै मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी खटाईसकेको जानकारी दिए । निर्वाचनका सम्बन्धमा मानवअधिकारको सुरक्षा र निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहीत बनाउनका लागि सुरक्षा प्रबन्ध र लगायत सबैखाले तयारी पुरा गरेको जानकारी दिए । निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कर्मचारीले बिना पुर्वाग्रह काम निष्पक्ष रुपमा काम गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै अनौपचारिक सेवा केन्द्र ईन्सेकका क्षेत्रिय संयोजक शिब खकुरेलले सिहांदरबारको अधिकार गाउंगाउं सम्म पुर्याउनका लागि योग्य र सक्षम नेतृत्वलाई मतदान गर्नुपर्ने बताएका थिए । उनले जिल्लामा आचारसंहिता उल्लंघन हुन नदिनका लागि मतदाता शिक्षा एबं निर्वाचन सम्बन्धी ऐन नियम र निर्देशिका अनुसार निर्वाचनका गतिबिधी अगाडी बढाउनुपर्ने सल्लाहा दिए । खकुरेलले ठुला झण्डा, ध्वनी प्रसारण, तथा निर्वाचनमा बालबालिकाको प्रयोग लगायतका आचांरसंहितका छिटफुट घटना आउने गरेको भन्दै यसलाई सच्चाएर अगाडी बढ्नु पर्ने बताए ।

सो अवसरमा नेपाल मानव अधिकार संगठन बागलुङका संयोजक अमर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुबेदी, समाजसेबी देब बहादुर श्रेष्ठ, पत्रकार महासघंका अध्यक्ष दिल शिरिष र पत्रकार बिजय राना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम ईन्सेक क्षेत्रिय कार्यालय पोखराका संयोजक खकुरेलको अध्यक्षता, सामुदायिक रेडियो प्रसारक सघं अकोराबका केन्द्रिय सदस्य गणेस श्रेष्ठको स्वागत मन्तब्य र ईन्सेक जिल्ला प्रतिनिधी सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

४ नगरपालिका र ६ गाउपालिका रहेको बागलुङ जिल्लामा १ लाख ५६ हजार ८ सय दुई मतदाता संख्या रहेको छन् । जसमध्ये महिला मतदाता ८२ हजार८ सय ३९ र पुरुष ७३ हजार ९ सय ६३ पुरुष मतदाता रहेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply