Sorry, that menu does not exist.
 

बागलुङका १ सय ९२ मतदन केन्द्रहरुमा मतादाता परिचयपत्र वितरण सुरु

खेमराज अर्याल बुर्तिबाङ २०७४ वैशाख २८ । वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागी आजदेखी बागलुङ जिल्लाका सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यलय बागलुङले जनाएको छ । बागलुङ जिल्लामा रहेका १ सय ९२ ओटै मतदान केन्द्रमा आज विहानैदेखी मतदाता परीचयपत्र वितरण गरीएको हो ।

सकेसम्म मतदाता परीचयपत्र लिन व्यक्ति आफै उपस्थित हुनुपर्ने र नसक्ने अवस्था भएमा नागरिकताको प्रमाणपत्र अथवा अन्य कुनै प्रमाण देखाएर अरु व्याक्तिले पनि परीचयपत्र बुझ्न सक्ने कार्यालयले जनाएको छ ।

यता ढोरपाटन नगरपालिकाको ९ ओटा मतदान स्थलमा रहेका १५ ओटै मतदान केन्द्र बाट ३१ गते साँझ ५ वजे सम्म नै मतदाताले परीचयपत्र लिन सक्ने ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । आज भोली र पर्सी ३ दिन सम्बन्धित मतदान केन्द्रले मतदाता परिचय पत्र वितरण गर्नेछ ।

यस्तै निसीखोला गाँउपालिकाका १४ ओटै मतदान केन्द्र वडिगाड गाँउपालिकाका २१ ओटा केन्द्र र तमानखोलाका ८ ओटा मतदान केन्द्रबाट पनि मतदाता परीचय पत्र वितरण सुरु भएको निर्वाचन अधिकृतहरुले जनाएका छन् ।

४ नगरपालिका र ६ गाउपालिका रहेको बागलुङ जिल्लामा १ लाख ५६ हजार ८ सय दुई मतदाता संख्या रहेको छ । जसमध्ये महिला मतदाता ८२ हजार८ सय ३९ र पुरुष ७३ हजार ९ सय ६३ पुरुष मतदाता रहेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply