Sorry, that menu does not exist.
 

बुर्तिवाङमा माओवादी केन्द्रको एरिया नं-२ को प्रशिक्षण सम्पन्न !

छबिलाल पाण्ड,े बुर्तिबाङ २०७३ पुस २६ । नेकपा माओबादी केन्द्र बागलुङ एरीया नं २ को बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं बागलुङ जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरको प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा माओबादि केन्द्रको सक्रियतामा आएका बिभिन्न अबसरलाई अब सबै तह र तप्का बाट जुट्दै चुनौतीलाई पनी प्राप्त उपलब्धिलाई सहि सदुपयोग गर्दै आगामि एक बर्ष भित्रमा हुने तिनै तहका निर्वाचन प्रकृयामा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले नेकपा माओबादी केन्द्रकै सँघर्षका कारण ल्याईएको सँघियता, सबै जात जातीका हक र अधिकारलाई जोगाई राख्नका निम्ती समस्यालाई पहिचान र सँस्थागत गर्दै अगाडि बद्नु पर्ने, राष्ट्रिय रुपमा सँबिधान कार्यान्वयनका बिषयमा समेत गम्भिर रुपले लाग्नु् पर्ने समय आएका कारण नेतृत्व निर्माण, रणनैतिक कार्ययोजनाका साथ एक जुट भएर अगाडि बढन सुझाब दिएका थिए ।

कार्यक्रमका अबसरमा केन्द्रिय महाधिबेशन समिती सदस्य एवम् केन्द्रिय कमाण्ड ज्ञामनाथ गैरे अनील, केन्द्रिय सदस्य प्रकाश घर्ति, केन्द्रिय महाधिबेशन आयोजक समिती सदस्य राजिव घिमिरे, महाधिबेशन आयोजक समितीका सदस्य चन्द्र बहादुर थापा सिखर, वाईसियल जिल्ला संयोजक नरेश केसी, अखिल नेपाल महिला सँघ केन्द्रिय सचिब भबिकला रोकाले प्रशिक्षण मन्तब्य ब्यतm दिएका थिए ।

त्यस्तै दलीत मुतिm मोर्चा केन्द्रिय सदस्य कुविर बिक, अखिल नेपाल शिक्षक सँघ बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल,लगाएतले प्रशिक्षणात्मक मन्तब्य राख्दैेबादी केन्द्रमा पछिल्लो समय छुट्टै माहोल थपिँदै गएको बताउँदै टुटफुटका कारण अबरोध भएपनी पछिल्लो समयमा सबैको धारणा एकै भएका कारण जनताको हक र अधिकारको निम्ती एक धिक्का भएर लाग्नुको बिकल्प नरहेको बताएका थिए ।

बैठकले २ नम्बर एरिया अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि संयोजक तोकेको एरिया ईन्चार्ज राजेन्द्र कुँवरले जानकारी दिए ।

बुर्तिबाङ गाविसको संयोजकमा वीरबहादुर घर्ती, राजकुतको संयोजकमा कृष्ण पुन, अधिकारीचौरको संयोजकमा नरबहादुर विश्वकर्मा र बोबाङकोे संयोजकमा लिङ्कन घर्ती तथा सहसंयोजकमा होमलाल भुषाललाई जिम्मेवारी तोकेको छ । खुङ्गाको संयोजक भने पछि तोकिने माओवादीले जनाएको छ । एरिया भित्र विभिन्न जनबर्गिय संगठनको पनि संयोजक तोकिएको छ । महिलाको जिम्मेवारी कमाला अर्याल, दलितको लोकबहादुर विक, युवाको रेशम पुन, मगरको लिङ्कन घर्ती र शिक्षकको जिम्मेवारी नगेन्द्र खरेललाई दिर्ईको छ ।

कार्यक्रम भोली माओवादीको एरिया नम्बर–१ मा पर्ने प्रश्तावित निसीखोला गाउँपालिकाको बोहरागाउँमा हुने माओवादीले जनाएको छ ।

साथै कार्यक्रमका अबसरमा माघ १५ सम्म सदस्यता बिस्तार नविकरण, गरीसक्ने, फाल्गुन १५ मा वडा गाँउ र नगरको सम्मेलन गर्नै तयारी भएको समेत बताइएको थियो ।

कार्यक्रम एरिया ईन्चार्ज राजेन्द्र कुँवरको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply