गुमानसिँह भण्डारी, गल्कोट २०७४ बैशाख ३१ । गलकोट नगरपालिका भित्रका सबै केन्द्रमा शान्तिपुर्वक तबरले मतदान प्रक्रिया सम्पन्न भएको छ । केहि केन्द्रमा सामान्य बिबाद भए पनि धेरैजसोमा सहज भएको मतदाताहरुले बताएका छन । जसअन्तर्गत गलकोट नगरपालीका को बाड नं १ मा कुल २६ सय २ कुल मतदाता रहेकोमा १६ सय ५४ जनाले मतदान गरेका छन । वडा नम्बर २ नरेठाटीमा जम्मा मतदाता १९ सय ६७ रहेकोमा १२ सय ५८ मत खसेको बताईएको छ ।
गलकोट नगरपालीका बाड नं ३ को गलकोट मा बि मतदान केन्द्रमा २ हजार ३ सय ९२ मतदाता रहेकोमा १ हजार ५ सय १४ मत खसेको सहकर्मी शर्मीला बस्नेतले जनाकारी दिईन् ।
गलकोट नगरपालीका को बाड नं ४ को खरुवा माद्यमिक बिद्यालय मतदान केन्द्रमा १ हजार ५ सय ६७ मतदाता रहेकोमा १ हजार ४७ मत खसेको सहकर्मी चन्द्रमणि न्योपानले जनाकारी दिए ।
गलकोट नगरपालीका बाड नं ५ को पृथ्बी माद्यमिक बिद्यालय मतदान केन्द्रमा १ हजार ८ सय ३४ मतदाता रहेकोमा १ हजार २ सय ३५ मत खसेको मतदान अधिकृत सुर्य चापार्गाइले बताए । गलकोट नगरपालीका बाड नं ६ को दुर्गा आधारभुत बिद्यालय मतदान केन्द्रमा ५ सय ६६ मतदाता रहेकोमा ४ सय ९६ मत खसेको अधिकृत थानेश्वर खत्रीले जनाकारि दिए ।
त्यस्तै गलकोट नगरपालीका बाड नं ६ को र्पावती माद्यामिक बिद्यालय केन्द्रमा ६ सय ९४ मतदाता रहेकोमा ३ सय ९५ मत खसेको सहकर्मि सारिता खत्रीले जानकारीले बताईन् । त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ७ को प्रगति आधारभुत बिद्यालय मतदान केन्द्रमा १ हजार ३ सय २२ मतदाता रहेकोमा ९ सय १६, वडा नम्बर ८ काडेबासको शिव माद्यामिक बिद्यालय मतदान केन्द्रमा १ हजार ५ सय ३५ मतदाता रहेकोमा १ हजार ७५ मत खसेको छ । त्यस्तै वडा नम्बर ९ को भैरव माद्यमिक बिद्यालय मतदान केन्द्रमा ७ सय ३९ मतदाता रहेकोमा ४ सय ७० जनाले मतदान गरेका छन । गलकोट नगरपालिका वडा नम्बर ७ कै लक्ष्मीनारायण आधारभुत बिद्यालय मतदान केन्द्रमा ७ सय ७५ मतदाता रहेकोमा ५ सय ५५ मत खसेको छ । गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी माद्यमिक बिद्यालय मतदान केन्द्रमा १ हजार ६ सय ५७ मतदाता रहेकोमा १ हजार १ सय १९ मत खसेको छ ।
त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ११ को रत्न लक्ष्मी माद्यामिक बिद्यालय मतदान केन्द्रमा २ हजार ४ सय ७४ मतदाता रहेकोमा १ हजार ६ सय ८२ मत खसेको छ । ताराखोला गाउपालिका भित्रका सबै वाडका मतदान केन्द्रमा शान्तिपुर्ण बाताबरणमा मतदान कार्य सम्पन्न भएको छ । जसअन्तर्गत जनप्रेम माद्यामिक बिद्यालय मतदान केन्द्र मा ४ सय ३१ प्रजातन्त्र बिकास माद्यामिक बिद्यालय मतदान केन्द्रमा ६ सय ५६ अर्गल माद्यामिक बिद्यालय मतदान केन्द्र क मा ६ सय ५ केन्द्र ख मा ५ सय ८९ हरि माद्यामिक बिद्यालय मतदान केन्द्र क मा ५ सय ५७ केन्द्र ख मा ५ सय १० नेपाल माद्यामिक बिद्यालय मतदान केन्द्रमा ७ सय ५१ दुर्गा भवानी माद्यामिक बिद्यालय केन्द्र क र ख गरि १ हजार १ सय ३९ मत खसेको छ । ताराखोला गाउपालिका भित्र ७ हजार ४ सय ७० मतदाता रहेकोमा ५ हजार २ सय २८ मत खसेको हो ।