नारायण रिजाल, बागलुङ २०७३ पुस २६ । सांसद प्रकाश शर्मा पौडेलले समाज रुपान्तरणको लागि युवाहरु एक जुट भएर लाग्नुपर्ने बताएका छन् ।
मंगलबार बागलुङको राङखानी-१ मा रहेको सयपत्री युवा क्लबको दोस्रो बार्षिक उत्सव तथा पुसे मेलाको मुल समारोहमा बोल्दै सांसद पौडेलले युवाहरुको व्यक्तित्व विकासका हरेक निकायमा सम्मान गर्न जरुर रहेको बताए । नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति समेत रहेका पौडेलले कला संस्कृतिको जगेर्ना र खेलकुदको विकासका निम्ती सयपत्री युवा क्लबले गरेको कामको निकै प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य भिम श्रीष, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि उमकान्त शर्मा, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, काँग्रेसका जिल्ला सदस्य सिताराम रसाईली क्षेत्र नं. २ का क्षेत्रीय सचिव विष्णु प्रसाद आचार्य, नहकुल मनिट्रान्फरका अध्यक्ष दल बहादुर श्रीष लगायतले बोलेका थिए ।
मेला पौष २१ गते बाट संचालन भईरहेको छ । मेलामा विविध सांस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल प्र्रतियोगिता संचालन भैरहेको छ ।
प्रतियोगितमा ४७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ६५ हजार ५ सय ६५, द्धितिय पुरस्कार, नगद रु ३५ हजार ५ सय ३५ र तृतिय पुरस्कार नगद रु १७ हजार ५ सय १५ रहेको क्लबको अध्यक्ष दल बहादुर श्रीष रानाले जानकारी दिए । त्यसै गरी महिला भलिबल प्रतियोगितामा ७ समुह, दोहोरी गीत प्रतियोगितामा ५ समुह र नृत्य प्रतियोगितामा २५ जनाको सहभागिता रहेको छ । कार्यक्रम २७ गते सम्म चल्ने आयोजकले बताएको छ । दक्षिण क्षेत्रकै ठुलो राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकको दाबि रहेको छ । सयपत्री युवा क्लबका अध्यक्ष दलबहादुर श्रीष रानाको अध्यक्षता सदस्य शिव श्रीषको स्वागत सचिव पुरन श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैवीच बागलुङको धुल्लुबास्कोटमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दसांसद पौडेलले नेपाली काँग्रेस विकास र समृद्धिका निम्ती अगाडि बढेको बताएका छन् । उनले देशमा विकास र निकास भनेकै काँग्रेसले दिने हुनाले कार्यकर्तालाई गाउँको विकासका र संगठन विस्तारका लागि लाग्न आग्रह गरेका थिए ।
नेपाली काँग्रेस धुल्लुबास्कोटका उप सभापति टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि उमकान्त शर्मा, जिल्ला सदस्य सिताराम रसाईली, क्षेत्रीय सचिव विष्णु प्रसाद आचार्य, क्षेत्रीय सदस्य सुमन भुषाल, निलकण्ड चालिसे, काँग्रेस धुल्लुबास्कोटका सदस्य गोविन्द पौडेल, दयाराम थापा लगायतले मन्तव्य दिएका थिए । कार्यक्रमा राजमोबाट ३५ जना भन्दा बढि कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रम थममायाँ थापाको स्वागत र पार्टी सचिव खगेश्वर थापाको संचालनमा सम्पन्न भएको थियो ।