Sorry, that menu does not exist.
 

मध्य पहाडी लोकमार्गको स्तरोन्नति सॅगै गाउँगाउँमा ट्याक्सी !

थम्मन थापा सन्देश, गल्कोट २०७३ पुस २७ । मध्य पहाडी लोकमार्गको स्तरोन्नती सँगै बागलुङ पश्चिमका ग्रामिण ईलाकामा ट्याक्सी सेवा सन्चालनमा आउन थालेका छन् । गल्कोट यातायात प्रालिले गल्कोटबाट सदरमुकाम बागलुङ बजार सम्म सिधा ट्याक्सी सेवा सञ्चालन गरेको छ । गलकोट हटिया बजार बाट प्रत्येक दिन बिहान साढे सात बजेपछि क्यु सिष्टम मार्फत ट्याक्सी सञ्चालनमा ल्याईएको समितिका अध्यक्ष केहरसिहं खत्रीले बताए। ग्रामिण क्षेत्रका यात्रुहरुलाई सुलभ र सहज यात्रा गराउनका लागि सेवा सञ्चालन गरिएको समितिले जनाएको छ ।

त्यस्तै हरिचौर बजारबाट समेत उक्त सेवा सञ्चान गरिएको छ । हटिया बजारबाट बागलुङ बजार सम्मको भाडा रु ६ सय कायम गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै अहिले हटिया बजारको जीपपार्कमा काउन्टर स्थापना गरिएको छ भनें बागलुङ बजारमा होटल हिल भ्यु जीपपार्कमा काउन्टर राखिएको छ । पछिल्लो समयमा गलकोट क्षेत्रबाट विदेशिनेको संख्या बढदै गईरहेको बेला यातायातमा लगानी गर्नेको संख्या समेत बढदै गईरहेको छ । गलकोट यातायात प्रालिले अहिले गलकोट हटिया बजार बाट डाडाखेत, नरेठाटी, दुदिलाभाटी, हरिचौर, मल्म, आगाखेत, गल्याङ, बासखोला, रिश्मी, रिघा मनेवा सम्म ट्याक्सी सेवा दिदै सन्चालन गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply