काठमाडौँ २०७३ पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरण भएपछी राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो पटक २९५ औँ श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गयो । यस अघी राप्रपा नेपालले यसतो कार्यक्रम गर्दै आएको थियो ।
आज भृकुटीमण्डपमा आयोजित जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपि ओली, एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख सुवास नेवाङ्ज, नशक्तिका संयोजक डा बाबुराम भट्टराई, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रीगण साँसद बुद्धिजीवी चिकित्सक, सन्चारकमी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए ।
राससका अनुसार आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गरेका थिए ।
राप्रपा नेपालले हरेक वर्ष आजकै दिन आयोजना गर्दै आएको सो कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि पहिलोपटक यस्तो कार्यक्रमको आयोजना भएको हो ।
सो कार्यक्रममा कलाकार यम बराल, मीरा राणा लगायतले राष्ट्रिय भावनाका गीत तथा सङ्गीत प्रस्तुत गरेका थिए ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताए ।
उनले भने – “विसं २०६२र६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ ।”
प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गर्नुभएको बताए र भने – “बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ ।”
नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गरेको श्रेय शाहलाई दिए ।उनले भने – “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।”
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने –“पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो ।”
आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उनले उल्लेख गरे । एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिए ।
यसैवीच पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले महत्व नदिएपनि आम नेपालीले स्वतस्पूmर्त हिसावले राजधानी लगायत देशका पचहत्तरै जिल्ला सदरमुकाम एवं विभिन्न विद्यालयहरु, संघ संस्थाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी श्रद्धापूर्वक मनाए ।
आज विहान राजधानीमा आयोजित समारोहमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई राष्ट्रपिताको रुपमा सम्मान दिए । कार्यक्रमा देखिएको व्यापक जनसहभागिता हेर्न लायक थियो ।
सरकारमा सम्मिलित तथा सरकार वाहिर रहेका केहिराजनीतिक दलहरु, प्रतिपक्ष एमालेका नेताहरु लगायत बौद्धिक समुदायले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आवाज उठाई रहँदा वर्तमान सरकारले पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको महत्वलाई अपमान गरेर राष्ट्रलाई नै खण्डित गराउने कसरतमा उत्रिएको भन्दै व्यापक विरोध गरेको देखियो ।
तस्वीर सौजन्य- मोहन श्रेष्ठ ।