Sorry, that menu does not exist.
 

गल्कोटमा नियमित साहित्यिक अभियान सन्चालन गर्न संयोजक चयन

गल्कोट २०७४ जेठ १३ । गलकोट साहित्य मञ्च बागलुङको पूर्ण बैठकले गलकोट क्षेत्रमा साहित्यिक कार्यक्रम विस्तार गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार सम्पन्न बैठकले गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा रहेका क्याम्पस तथा माध्यमिक विद्यालयहरूमा साउन महिनासम्म साहित्य समूह गठन गरी साहित्यिक कार्यक्रम गर्न संयोजकहरू तोकेको मञ्चका उपाध्यक्ष टंकप्रसाद रेग्मीले जानकारी दिए ।

उपाध्यक्ष रेग्मीका अनुसार गलकोट बहुमुखी क्याम्पस हटियामा उपाध्यक्ष टंकप्रसाद रेग्मी, सदस्यहरु राम बहादुर खत्री र ढुण्डीराज पौडेल, गलकोट मावि हटियामा सदस्यहरु टीकाराम कडेल र सुनिल बोहोरा, पृथ्वी मावि हरिचौरमा सदस्य गोरख सागर खत्री, हरि मावि हिलमा कोषाध्यक्ष पूर्ण चोखाल र सविता खत्री, न्यू लाइफ आवासीय मावि गलकोटमा सहसचिव किरण देवकोटा, जनहित मा वि मल्म र भैरव मावि मल्ममा अध्यक्ष वीर बहादुर चोखाल, शिव मा वि काडेबास र जन जागृति मा वि काडेबासमा सचिव हरि चालिसे एबीसी, महेन्द्र मावि नरेठाटी, पार्वती मा वि चरौदी र खरुवा मा वि हटियामा उपाध्यक्ष सरू अनामिका र सदस्य वाल कृष्ण सुवेदी, सरस्वती मावि दुदिलाभाटीमा सदस्य सुन्तली कुवर र चौराह मा वि दुदिलाभाटीमा सदस्यहरु गुमानसिह भण्डारी र नर बहादुर थापालाई जिम्मेवारी दिईएको छ ।

वैठकले मासिक साहित्यिक कार्यक्रम सन्चालन, संस्था दर्ता लगायतका निर्णय गरेको सदस्य बाल कृष्ण सुवेदीले बताए।

कार्यक्रम मञ्चका अध्यक्ष वीर बहादुर चोखालको अध्यक्षता र सचिव हरि चालिसे एबीसी को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply