सुमन सुनार, बुर्तिबाङ २०७४ जेठ १४। सामुदायिक रेडियो परिवर्तन यही जेठ १५ अर्थात भोली देखि छैठौं वर्ष प्रवेश गर्दै छ । यसै सन्दर्भमा रेडियोले आज बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका विरीमीहरुलाई फलफूल वितरण गरेको छ ।
स्वास्थ्य केन्द्रमा उपचाररत तथा उपचारका क्रममा पुगेका सबै विरामीहरुलाई फलफूल वितरण गरिएको हो । कार्यक्रममा रेडियोका अध्यक्ष लोकेन्द्र सुनार उपाध्यक्ष निमलाल पाण्डे, सहसचिव सहविन अर्गेजा सहितका सञ्चालक समिति पदाधिकारी तथा शेयरसदस्यहरु र रेडियोमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
२०६८ सालका स्थापना भई प्रशारणमा आएको यस रेडियोले हरेक जेठ १५ अर्थात गणतन्त्र दिवसका अवसरमा आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाईरहेको छ । यस वर्षपनि रेडियोले स्कुल स्कुलमा रेडियो कार्यक्रम अन्तरगत केही विद्यालयमा प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
भोलि जेठ १५ अर्थात दशौँ गणतन्त्र दिवससँगै रेडियोको छैठौं वार्षिकोत्सवका अवसरमा रेडियोले, बुर्तिबाङ स्थित सार्वजनिक स्थलहरु, व्यस्त सडक छेउँमा विभिन्न जनचेतना मुलक होडिङबोर्ड राख्ने तथा जेठ १६ गते हालै सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले बताए । यसैबीच सोही दिन पत्रकार आपत राम्जाली स्मृति पत्रकारिता पुरस्कारले एक जना पत्रकार सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
रेडियोले स्थानीयस्तरमा हुने विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागीता जनाउँदै आएको छ । विगतका वार्षिकोत्सवहरुमा भुकम्प पीडित तथा अग्नी पिडितहरुलाई आर्थिक सहयोग, विपतमा परेका विरामी असाह्य व्यक्तिहरुलाई समेत रेडियोले स्थापना गरेको विपत राहत कोषबाट सहयोग प्रदान गरिरहेको छ ।
स्थानीय सामाजिक कार्यमा बजार सरसफाई, प्राथमिक स्वास्थ्य केन्द्रका प्रसुति महिलाहरुका लागि लाभ पुग्ने गरि ब्लड ग्रुपिङ कार्यक्रम लगायतका कार्यक्रमहरुमा सबैसँग साझैदारी हुँदै आएको छ ।