बागलुङ, २०७४ जेठ १७ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङमा योग तपस्या शिविर शुरु भएको छ । स्वसशक्तिकरणको माध्यमबाट विश्वमा शान्ति प्रवाह गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो ।
शिविरमा भारतको माउन्टआवु देखि आएका ब्रम्हकुमार हेमन्तले प्रशिक्षण दिँदै मनोविकार अन्त्य गर्दै सकारात्मक सोचको विकास गर्न सहभागिलाई प्रेरित गरेका थिए । भारत लगायत विभिन्न देशका ३ सय २ वटा स्थानमा प्रशिक्षण सम्पन्न गरेका हेमन्तले विश्व शान्तिका लागि मानव समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले मानवजाती मात्र नभई प्राणी जगतकै लागि शान्तिको आवश्यकता रहेको बताउदै मानिसमा अनुशासनको विकास गर्न आवश्यक भएकोले यस्ता शिविरले त्यस तर्फ पनि सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा विश्व विद्यालयकी क्षेत्रीय प्रमुख सावित्री दिदीले मानव बीचको द्वन्द्व र अहंकार अन्त्यका लागि पनि यस्ता शिविरले सहयोग गर्ने बताईन् ।
शिविर ब्रम्हकुमारी जानकीको संचालन गरेकी थिईन् भने ब्रम्हकुमार वेद विकल शाक्यले स्वागत गीत प्रस्तुत गरेका थिए ।
शिविरमा ५० जनाको सहभागिता रहेको छ । शिविर भोलि बिहिवार सम्म चल्ने छ । जिल्ला कारागारमा पनि शिविर संचालन गर्ने बताइएको छ ।