Sorry, that menu does not exist.
 

काठेखोलामा गाउँ कार्यपालिकाको निर्वाचनमा संयुक्त प्यानल विजयी

बागलुङ, २०७४ जेठ १७ । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत काँठेखोला गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा संयुक्त प्यानलका उमेदवार विजयी भएका छन् । गाउँ कार्यपालिकामा ४ जना महिला र २ जना अल्पसंख्यक तथा दलित प्रतिनिधिका लागि निर्वाचन आयोगले बुधवार सम्पन्न गरेको निर्वाचनमा संयुक्त प्यानलका उमेदवार विजयी भएका हु्न् ।

अल्पसंख्यक र दलितका तर्फबाट निर्वाचित हुने २ जना प्रतिनिधिका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाका संयुक्त प्यानलका तर्फबाट उमेदवारी दिएका टिका संगम वि.क र हेमलाल विश्वकर्माले २२⁄२२ मत प्राप्त गरेर विजयी हुनु भएको छ । उहाँहरुका निकटत प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द विश्वकर्मा र नरे दमाईले २०⁄२० मत प्रात गर्नु भएको थियो ।

यस्तै ४ जना महिला सदस्यका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाको संयुक्त प्यानलका तर्फबाट उमेदवारी दिएका चित्रकुमारी थापा (शारदा)ले २३ मत, जमुनादेवी कंडेलले २२ मत, सुन्तली वि.कले २२ मत र नैनकला खड्काले २१ मत प्राप्त गरी विजयी भएका छन् ।
काँठेखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित ८ वटा वडाबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरु गरी ४२ जनाले मतदान गर्ने गाउँकार्यपालिकाको निर्वाचनबाट विजयी गाउँकार्यपालिकाका सदस्यहरुलाई निर्वाचन अधिकृत ध्रुव गिरीले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका थिए ।

यसैवीच स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत काँठेखोला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई उनीहरुका हक अधिकार र काम कर्तव्यका बारेमा एक दिने सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाको संयुक्त प्यानलका तर्फबाट उमेदवारी दिएर विजयी भएका जनप्रतिनिधिहरुलाई गठबन्धन प्यानलको तर्फबाट सहजीकरण गरिएको नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले जानकारी दिईन ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका काम, कर्तव्य र अधिकार लगायत समाज रुपान्तरणका लागि गर्नु पर्ने कामहरुका विषयमा सो अवसरमा सहजीकरण गरिएको थियो ।

नेकपा एमाले कानुन विभाग प्रदेश नं.४ का सदस्यद्वय राम शर्मा र राजु गौतमले सो स्थानीय तह सञ्चालन सम्बन्धमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी र नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा राजनीतिक दलहरुको भूमिका र जनप्रतिनिधिहरुले त्यसमा ध्यान दिनु पर्ने विषयहरुमा जानकारी गराएका थिए ।

संयुक्त प्यानलका तर्फबाट काठेखोलामा नवनिर्वाचित अध्यक्ष तथा नेकपा एमालेका जिल्ला सदस्य अम्मरबहादुर थापाले गाउँपालिकाको समग्र विकासका लागि सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply