Sorry, that menu does not exist.
 

ढोरपाटन नगर कार्यपालिकाको चुनावमा राजमो-एमाले गठबन्धन विजयी !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ जेठ १९ । ढोरपाटन नगरपालिकामा बिहिबार कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । ३ जना दलित अल्पसंख्यक प्रतिनीधि र पाँच जना महिला सदस्य गरी ८ जनाको लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको उमेदवार बिजयी भएका छन् ।

राजमो र एमाले दुई दलको तालमेल भएसँगै नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसका प्रतिनीधि एक जना पनी निर्वाचिथ हुन सकेनन् ।

ढोरपाटन नगरपालिका निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार दलित अल्पसंख्यकबाट नेकपा एमालेका गोकुल शेरचन र राष्ट्रिय जनमोर्चाका थम बहादुर छन्त्याल, र नर बहादुर सुनार बिजयी भए ।

नगरपालिकाका निर्वाचित ४७ जना पदादिकारीले गरेको मतदानमा शेचनको २८, छन्तयालको २९, सुनारको २७ मत प्राप्त भएको थियो ।

त्यस्तै नेपाली काँँग्रेसका वान बहादुर छन्तयालको १८ र माओबादी केन्द्रका भद्रमणि सुनारको २० मत प्राप्त भएको थियो । बैशाख ३१ गते सम्पन्न ढोरपाटन नगरपालिकाको चुनाबमा माओबादी केन्द्र र काँँग्रेस गरी जम्मा १८ जना प्रतिनिधी निर्वाचित भएका थिए भने राजमो र एमाले २९ जना निर्वाचित भएका छन् ।

त्यस्तै पाँच जना महिला सदस्यमा समेत एमाले र राजमोका प्रतिनीधि निर्वाचित भएका छन् । जसमध्य राजमोका तारा कुमारी पुनको २९, कमला छबि बिकको २८, एमालेका शान्ती बिकको २६, बेल कुमारी छन्त्यालको २८ र एमालेकै धनीमला बिकको २८ मत प्राप्त भएसँगै दुई जना राजमो र ३ जना नेकपा एमालेका उमेदवार बिजयी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply